प्रमुख समाचार
Jun 05, 2020
संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखसमक्ष ज्ञापनपत्र
काठमाडौँ,  जेठ २३ विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले बिहीबार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका हुन् । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । सोही घटनामा एक बेपत्ता छन् । सभामुख सापकोटाले घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्न संसदीय दलसँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video