गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Jul 05, 2018
बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड
 काठमाडौँ, २१ असार  । काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ । निर्धारित समयमा नै काम सके कामपाले निर्माणको समयमा लाग्ने ५० प्रतिशत रकम व्यहोर्ने, दिएको रकम अन्य कार्यमा खर्च गर्न नपाउने र उद्यान निर्माणको समयमा टोखा नगरपालिकालाई प्राविधिक सहयोग आवश्यक परे पनि कामपाले व्यवस्थापन गर्ने जस्ता बुँदाहरु सम्झौतामा रहेका छन् । 

निर्माणपछि प्रवेश गर्न जारी हुने टिकट, पार्कसम्बन्धी अन्य कागजातहरु समेतमा कामपाको साझेदारी भएको भन्ने खुलाउनु पर्नेछ । 

सो अवसरमा कामपाका प्रमुख शाक्यले आप्mना वरपर रहेको नगरपालिकाहरुलाई पनि समृद्धि हासिल गर्न सघाउन सहयोग गरेको बताउनुभयो । 

टोखा नपाका प्रमुख अधिकारीले निर्धारित समयमै बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

चौपायालाई ट्याग लगाउनुपर्ने 

कामपाभित्र पालिने चौपायाहरुलाई अबदेखि परिचय सङ्केत (ट्याग) लगाउनुपर्ने भएको छ । 

बुधबार कामपाले आयोजना गरेको चौपाया व्यवस्थापनसम्बन्धी कार्यक्रममा कामपा प्रमुख शाक्यले सार्वजनिक र घरपालुवा जनावरको अवस्था बुझी व्यवस्थापन गर्न ट्याग लगाउन आवश्यक रहेको बताउनुभएको हो । 

छाडा कुकुर, बेवारिसे छाडिएका चारखुट्टे जनावर र आकस्मिक दुर्घटनामा परेका पशु चौपायाहरुको उपचार गरिने भएकाले घरपालुवा र अन्य चौपाया छुट्याउन यस किसिमको व्यवस्था गरिएको हो । 

यससम्बन्धी बुधबार कामपा र सद्गुरी सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरबीच एक सम्झौता सम्पन्न भयो । यस कार्यका लागि पक्ष कामपाले मन्त्रादेवी मन्दिरलाई रु १० लाख दिनेछ । 
 (रासस)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video