नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 06, 2018
खेलकूदको विकासले समृद्धि ः मन्त्री विश्वकर्मा
 पोखरा, भदौ  २१ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासले मात्र देश समृद्धितर्फ अग्रसर हुने बताउनुभएको छ । 

लेखनाथ रङ्गशालामा आजबाट शुरु भएको ऋद्धिसिद्धि सिमेन्ट २४औँ आदर्श फुटबल कपको उद्घाटनपछि उहाँले समृद्धिको लक्ष्य प्राप्तिका लागि खेलकूदको विकासलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानिस स्वस्थ रहनका लागि खेलकूद अनिवार्य भएकाले सरकार अब खेलकूदमा आमूल परिवर्तन हुने खालका योजना लिएर अगाडि बढेको जानकारी गराउनुभयो । 

उहाँले खेलको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि सजिलो हुने भएकाले पोखरालाई खेलकूदको हवका रुपमा विकास गराउन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । 

सो अवसरमा प्रदेश सभासद् दीपक कोइरालाले लेखनाथ रङ्गशालाको स्तरोन्नति गरी क्षेत्रीयस्तरको रङ्गशाला बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । भदौ २७ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले भाग लिएका छन् । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video