राजनीति
Sep 16, 2018
क्रान्तिका ऐतिहासिकस्थलको अवलोकनमा अध्यक्ष दाहाल
 काठमाडौँ,  भदौ ३१ । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । 

अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

सोही महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक निर्णय गरेको मानिन्छ । अध्यक्ष दाहालले सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गर्नुभयो । 

सोही सन्दर्भमा अध्यक्ष दाहालले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहनुभएका चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले पहाड खोलेर बनाइएको घरको अवलोकन गर्नुभयो । 

स्थानीय उपप्रमुख, चिनियाँ कम्युनिस्ट पार्टीका नेता र जनमुक्ति सेनाले अध्यक्ष दाहालको स्वागत गरेको थियो । अवलोकनका क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलको संरक्षण गरेर विश्वभरिकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामग्री प्रदान गरेको बताउनुभयो । उहाँले अवलोकन गरिएका स्थलका बारेमा पुस्तकमा पढेको तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुशी लागेको बताउनुभयो । 

यस्तै आज बिहान अध्यक्ष दाहाल ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गर्नुभएको थियो । उक्त शहर विश्वकै ठूलो मोटरसाइकल कारखानाका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष दाहालको स्वागत गरेका थिए । अध्यक्षले मोटरसाइकल, मोटर र सूचना प्रविधिसम्बन्धी उद्योगको अवलोकन गर्नुभएको थियो । 

सोही क्रममा अध्यक्षले भन्नुभयो, “नेपालमा बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । यो बेला नेपालको विकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको छ । उक्त सम्झौता यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।” 

उहाँले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’कै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताउनुभएको थियो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video