नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
समाज
Sep 21, 2018
एकीकृत नमूना बस्ती भवन शिलान्यास
 खोटाङ, असोज  ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गर्नुभएको हो । 

बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उहाँले बताउनुभयो । 

भूकम्पपीडितले पाउने प्रतिघर रु तीन लाखको दरले रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ । 

सामुदायिक भवनसमेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान पनि निर्माण गरिने बस्ती निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताउनुभयो । ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य लिइएको उक्त बस्तीभित्रका १६ घरको नक्सासमेत पास भइसकेको नगरपालिकाले जनाएको छ । हिमशृङ्खला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताउनुभयो । 

बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैँ तिहारलगत्तै शुरु हुने जनाइएको छ । सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको सम्भावना छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video