सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 01, 2019
प्रकाण्डको छोरा हिजो साँझ हतियारसहित पक्राउ, प्रहरीकोे गोप्यराख्ने प्रयास असफल
 माघ १८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन्।
कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ।  नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन्। नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५स्५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए।मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए।‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन्,’ उनले भने, ‘उनको अन्य पृष्ठभूमि भने खुल्न सकेको छैन।’डीएसपी श्रेष्ठले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए। ‘गोलीसहित पक्राउ परेका युवाका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै भन्न सकिने अवस्था छ’, उनले भने, ‘अनुसन्धानका क्रममा रहेका कारण धेरै खुलाउन मिल्दैन।’ समाचार अन्नपूर्ण पोष्टमा छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video