मनाेरञ्जन/रोचक
Mar 21, 2019
पाँच लाख लिएर सन्नी लियोनीले नमानेपछि…..
काठमाण्डौं । पछिल्लो समय पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोन चलचित्रहरुमा कमै देखिएकी छन् । त्यसो त उनलाई चलचित्रको गीतका अफर लगातार पाइरहेकी छन् ।

यस्तै एउटा अफर उनलाई ‘पटेल की पञ्जाबी शादी’का लागि मिलेको थियो, जसको एडभान्सका रुपमा पाँच लाख रुपैया पनि सनीलाई दिइएको थियो । अब सनीमाथि उनले गीतको सुटिङ पनि नगरेको र पैसा पनि फिर्ता नगरेको आरोप लागेको छ। चलचित्रका निर्माता भरत पटेलका अनुसार सनीले उनको फिल्मका लागि विशेष आइटम डान्स गर्ने सहमति जनाएकी थिइन् । सहमतिपछि सनीलाई सम्झौताअनुसार पाँच लाख रुपैयाँ पनि दिइएको थियो । तर जब सुटिङको मिति आयो तब सनी लियोन आइनन् । न त उनले टिमका सदस्यले गरेको फोन नै उठाइन् । त्यसैले सनीका साथ गीत सुटिङ हुन सकेन । चलचित्र पूरा भएर रिलिज पनि भइसकेको छ।
निर्माता पटेल अब उनी आफ्नो पैसा फिर्ता लिन चाहन्छन् । सनीलाई पटेलले २०१७ मा कानुनी सूचना पनि पठाएका थिए । तर सनीले त्यसको जवाफ पनि दिइनन् ।

अर्कातिर दोस्रो संस्करण पनि छ । भनिँदैछ कि ४० लाख रुपैयामा सनी यो गीतमा डान्स गर्न तयार भएकी थिइन् । ५ लाख रुपैया साइनिङ एमाउन्ट रुपैया,, लुक टेस्ट, २० लाख रुपैयाँ गीतको रिहर्सलका क्रममा र बचेको १० लाख रुपैयाँ प्रमोशनका क्रममा दिने सहमति भएको थियो । सुटिङको मितिमा पटकपटक परिवर्तन गरियो । जब जुन दिन सुटिङको मिति तय भयो तब उक्त समय सनीले अरुलाई नै दिइसकेकी थिइन् । त्यसैले सुटिङ हुन नपाएको बताइएको छ। यो चलचित्रमा ऋषि कपुर, परेश रावल मुख्य भूमिकामा थिए । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो । एजेन्सी 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video