प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 05, 2019
प्रहरीमा गुह सचिवको अनाबश्यक दबाब, योग्यता नपुगेको जुनियर सईलाई समेत बढुवा गर्न दबाब
काठमाडौँ । गृहसचिव प्रेमकुमार राईको दबाब थेग्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धेरै विवादहरू सिर्जना हुन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै विश्वासपात्रका रूपमा चिनिएका र राजनीतिकरूपमा समेत निजामतीमा प्रवेश गरेदेखि नै एमालेनिकटका रूपमा चिनिँदै आएका प्रेम राईको हस्तक्षेपका कारण प्रहरीका धेरै सरुवा र बढुवाहरू विवादमा तानिँदै आएका छन् । प्रहरीमा ६ वर्षे लेखापालको सीमा अवधिको नीतिलाई गृहसचिव राईले उल्लंघन गर्दै ६ वर्ष पुगे पनि आफ्नो नातेदार महिला लेखापाललाई हटाउन नदिई अहिले ललितपुर प्रहरी परिसरको लेखापाल बनाइरहेका छन् । त्यसैगरी आफ्नो पिएसओ बसेकै कारण १२ वर्ष प्रहरी सेवाबाट अलग भएका र ८ महिनाअघिमात्रै मुद्दा जितेर आएका अरूण भट्टराईलाई प्रहरी निरीक्षकमा बढुवा गराउन दबाब दिएपछि प्रहरी निरीक्षकको बढुवा प्रकरण पनि धेरै विवादमा परेको थियो । त्यसैगरी लेखापालमा प्रवेश गर्दाको प्रक्रिया नै मिचेर श्रेष्ठ थरका आफ्ना पिएसओको श्रीमतीलाई सिंहदरबारस्थित गणको लेखापालमा प्रवेश गराएका छन् । यीमात्र होइनन् प्रहरी प्रभाग बुढानीलकण्ठमा प्रहरी निरीक्षक पठाउँदा होस् या इप्रका बेलवारीमा प्रहरी निरीक्षक पठाउँदा होस् थुप्रै थुप्रै सरुवा, बढुवा र काजमा समेत गृहसचिव प्रेम राईले अनावश्यक दबाब र हस्तक्षेप दिने गरेको कुरा प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । सचिवकै अनावश्यक दबाब र हस्तक्षेपका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अनावश्यक विवादमा पर्दै आएका छन् । सचिवको हस्तक्षेपलाई आइजिपीले अडान लिन सक्ने अवस्था नरहेको कारणले पनि प्रहरीका हरेक सरुवा, बढुवा र काज विवादमा पर्ने गर्दछन् । अहिले प्रनानि ९सई० बाट प्रहरी निरीक्षकको बढुवा प्रक्रियामा पनि सचिव राईले यस्तै दबाब दिने गरेको थाहा भएको छ । प्रहरीमा अहिले ५४ वटा निरीक्षकका पदहरू रिक्त छन् उक्त पदमा आन्तरिक तर्फबाट बढुवा गर्ने तयारी मुख्यालयले झण्डै एक महिनादेखि गरे पनि सचिवकै कारण सफल हुन सकेको छैन । सचिव राईले आफ्नो नातेदार रहेकी जुनियर सई सपना राईलाई निरीक्षकमा बढुवा गर्न दबाब दिएपछि यो अवस्था सिर्जना भएको प्रहरीस्रोत बताउँछ । ०६२ सालमा सई भएकी भए पनि नम्बरमा धेरै तल रहेकी सपना राई नाताले सचिव प्रेम राईको भतिजीका रूपमा चिनिन्छिन् । उनै भतिजीलाई निरीक्षक बनाउनका लागि सचिव राईले अनावश्यक दबाब दिँदा एक महिनादेखि बढुवा प्रक्रिया अवरुद्ध भएको छ । यसबाहेक विभिन्न नेताहरूको सुरक्षामा खटिएका पिएसओहरूको दबाबले पनि बढुवा प्रक्रिया लम्बिन गएको मुख्यालयस्रोत बताउँछ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video