राजनीति
May 13, 2019
सञ्चारमाध्यमले रिस र झोकमा नभई सत्य,तथ्यमा आधारीत रहेर समाचार सम्प्रेसण गर्नुपर्दछ :पुर्वमन्त्री पाण्डे
काठमाण्डौं । बैशाख ३० । पुर्व स्थानीय विकास मन्त्री एवं प्रदेश नं ३का प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सञ्चार माध्यमहरुले रिस र झोकमा नभई सत्य तथ्यमा आधारीत रहेर समाचार सम्प्रेसण गर्नुपर्ने बताएका छन् । 
न्युजलाइन्स मिडियाको दोश्रो बार्षिकोत्सबको अवसरमा काठमाण्डौंमा आइतबार भएको कार्यक्रममा बोल्दै नेता पाण्डेले अनलाइनहरुमा कपीपेष्ट र प्रायोजीत समाचारहरु दिने क्रम बढदै गइरहेको बताँउदै त्यस्ता सामग्रीहरुले अनलाइनको विश्वसनीयता घटदै जाने बताए ।  
मुलुकका विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरुमा मिडिया जगतले चौथो अंगको रुपमा भूमिका खेलेको स्मरण गर्दै नेता पाण्डेले अब समृद्धिको सपना पूरा गर्न पनि मिडियाले रचनात्मक र सिर्जनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए । 
बहुमतको कम्युनिष्ट सरकारबाट जनताले धेरै आशा र भरोसा राखेको बताँउदै नेता पाण्डेले जनता सन्तुष्ट हुनेगरी सरकारले काम गर्न नसकेमा पुन अर्को क्रान्ति पनि हुन सक्ने चेतावनी दिए । 
Image may contain: 7 people, including Shiva Adhikari Abiral, indoor
जनता सन्तुष्ट हुन नसक्दा नेपालमा उत्कृष्ट भनिएका संविधान र व्यवस्थाहरु पटक पटक परिवर्तन भइरहेको उल्लेख गदै नेता पाण्डेले बहुमतको कम्युनिष्ट सरकारले जनभाबना अनुसार काम गर्नुपर्ने बताए । जनताको चाहना एउटा, सरकार अर्को तिर लाग्दा फ्रान्समा तेश्रो रिपव्लीक वार भएको उल्लेख गदै नेता पाण्डेले सरकारले यस्तो बिषयलाई समेत ख्याल गर्नुपर्ने बताए ।
सो कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान  गनुहुने   शिव अधिकारी(अविरल), माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलीया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ(भरेल), नारायण रेग्मी लाई सम्मान गरिएको थियो । 
Image may contain: 9 people, people standing, crowd and indoor


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video