पर्यटन /बिबिध समाचार
Jun 08, 2019
पुलिसलाई आर्मीको १२६ रनको लक्ष्य
काठमाडौँ,  जेठ २५ प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार गरेका उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार÷चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video