शिक्षा /स्वास्थ्य
Jun 15, 2019
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
विदुर, जेठ ३२   जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र किस्पाङ गाउँपालिकाको समन्वयमा सञ्चालित एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ । किस्पाङ गाउँपालिका–२ गोगनेमा रहेको कालिका आधारभूत विद्यालयमा शिविर सप्पन्न भएको हो । शिविरमा विशेषगरी महिला, वृद्धवृद्धालाई ग्राहयता दिइएको थियो । गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए । शिविरमा ३५० भन्दा बढीले सेवा लिएका जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला अस्पताल त्रिशूलीका डा अमित श्रेष्ठ, डा सुजन तामाङलगायतले उपचार गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video