कानून बाझिँदा कार्यान्वयन कठिनाइ भयो : मुख्यमन्त्री पौडेल  |  जागिरे मानसिकता त्यागौँ : अध्यक्ष तिमिल्सिना  |  आज मिति २०७६ मंसिर २७ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाखुसीमा विशेष कार्यक्रम गदै  |  परम्परागत बाजा र तस्वीर प्रदर्शनी शुरु  |  महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ  |  यि हुन नेबिसंघ चलायनमान बनाउने म्याग्दीका जिल्ला अध्यक्ष खत्री  |  प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने  |  धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो  |  औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
अर्थतन्त्र/सेयरबजार
Jul 30, 2019
शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो
काठमाडौँ, साउन १४ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ । बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको रु तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो । नेपाल बैंकको रु एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको रु एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको रु एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको रु एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे । युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए । यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका शेयरधनीले २.८५ प्रतिशतले गुमाए । स्टकमा आज मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video