‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 29, 2019
अधिकांश भू–भागमा वर्षाको सम्भावना
काठमाडौँ, भदौ १२ मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उहाँको भनाइ थियो । “उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भाबना छ । बताइएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video