राजनीति
Aug 31, 2019
नेकपा परित्याग गरि नुवाकोटका ३४ युवा काँग्रेसमा प्रवेश, नेकपाबाट समृद्ध नेपाल निर्माण असम्भब रहेको ठहर
काठमाण्डौं । भाद्र १४ । नेकपा परित्या गरि नुवाकोटका ३४ युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
नेकपा नुवाकोट तथा ककनी गाँउपालीकाका अन्तर्गतका नेकपाका बिभिन्न कमिटीहरुमा रहेर काम गरेका प्रकाश लामा, जगदीश लामिछाने, दिनेश खनाल, शेष राज भटट, गोबिन्द लामिछाने, अनम तामाङ, रामकुमार नेपाल,सन्जिब तामाङ, राज तामाङ, अशोक लामा, ज्ञनराज घिमिरे, अर्पण लामा, धन ब लामा, झङकनाथ घिमिरे, उत्तर लामा, सुरज लामा, लगायत ३४ जना नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।  
नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेका युवाहरुलाई आज एक कार्यक्रममा बिच नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले साधारण सदस्यता प्रदान गर्नुभयो । 
पुर्व एमाले र माओबादीका कार्यकर्ता उनिहरुले समृद्ध नेपालको सपना देखेर नेकपालाई मतदान गरेपनि सरकार गठनपछि हत्या, हिंसा, अराजगता र भ्रष्टाचामा मुलुक डुवीरहेको अवस्थामा नेकपाबाट समृद्ध नेपाल बन्न नसक्ने ठहर गदै काँग्रेसमा प्रवेश गरेको बताए । 
Image may contain: 17 people, people standing
पछिल्लो समय नेपाली काँग्रेसको संगठन निर्माण गर्न कृयाशील भएर लागीरहेका नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टी प्रवेश गरेका युवाहरुलाई सरकारको  कार्यशैलीबाट निरास नहुन आग्रह गदै काँग्रेसको अत्याधीक बहुमत सहित देशलाई समृद्धिमा लगिने बताए । 
Image may contain: 13 people, people smiling 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video