ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र ३० ।विक्रम संवत २०७६ साल भाद्र ३० गते सोमबार तदनुसार २०१९ सेप्टेम्वर १६ तारिख आश्विन कृष्ण पितृ पक्ष द्वितिया तिथि दिउसो १२ । ३५ सम्म तृतिया तिथि रेवति नक्षत्र भोलिविहान ३ । ३३ उप्रान्त अश्विनी नक्षत्र बृद्धि योग राति ११ । २० उप्रन्त ध्रुव योग वणिज करण आनन्दादि योगमा मातंग योग चन्द्रमा मीन राशिमा भोलिविहान ३ । ३३ सम्म उप्रान्त मेष राशिमा चन्द्रमा उत्तरमा रहने भएकोले यात्रा गर्दा केहि उत्तर गएर गर्नुवेश काम गर्दा उत्तर फर्केर गर्नु अहिले केहि बर्ष यता देशमा अशुभ भैरहेकोछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ नमःशिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रत्मकाय हुँ यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउने हरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
राज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भाग्य र धर्मको अनुकूलताले मनमा मनमा उत्साह वढाउनेछ सरिरमा स्फुर्ति वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहजै परास्ता गर्न सकिने हुदा आफ्नो काम सफल हुनेछन विस्वास गरेकाले आवस्यक समयमा साथ दिनेछन
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ प्रतिकूल भएकाले एक पछि अर्को असफलताले गर्दा काम गर्न मन डराउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछैन अरुबाट अनावस्यक आलोचना हुनेछ शत्रु सकृय हुनेछन
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावना छ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सरिरमा वढ्ने आलस्यताले मनलाइ कम्जोर वनाउने हुदा काममा अरुचि निक्कै देखिन्छ धन नास पनि हुनेछ नयाँ कार्यका अवसर मिल्दा पनि आवस्यक सयममा निर्णय नुहुदा काम असफल हुनेछ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बौद्धिकता वढ्नाले मन प्रसन्न हुनेछ सयमा निर्णय हुदा काममा सफलता मिल्ने र पढाइमा रुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट सहयोग हुदा प्रसन्नता बढ्ने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारले साथ दिदा काम हात पार्न सहज हुने छ मित्रहरुले साथ दिदा मनोवल वढ्नेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछ शत्रुलाइ परास्त गरेर मन प्रसन्न होला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अकस्मात हुने भेट घाटले मनोवल वढ्नेछ कुरा काट्ने हरु प्रसम्सक हुनेछन अरुको मन जित्न सकिनेछ धन माल हात लगाउन सकिने छ दाँत ठूला व्यक्तिको सदृष्ठी रहनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ