प्रमुख समाचार
Sep 25, 2019
नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा नेकपाका उम्मेद्धवारको लज्जास्पद हार, काँग्रेस निकट व्यवसायीको पुरै प्यानल बिजयी
काठमाण्डौं । असोज ८ । नेपाल  वैदेशिक  रोजगार  व्यवसायी  संघको  निर्वाचनमा  नेपाली  कांग्रेस  निकट  नेपाल लोकतान्त्रिक  वैदेशिक  रोजगार व्यवसायी  फÞोरम  समूहको पुरै प्यानल बिजयी भएको छ । १७ सदस्यीय कार्यसमितिको लागि भएको निर्वाचनमा नेपाल लोकतान्त्रिक  वैदेशिक  रोजगार व्यवसायी  फÞोरमका व्यवसायीहरुले पुरै प्यानल जितेका हुन् ।   
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा  नेपाली  कांग्रेस  निकट नेपाल  लोकतान्त्रिक  वैदेशिक  रोजगार  व्यवसायी  फÞोरम  समूहका  बिष्णु  प्रसाद  गैरे ३३० मत सहित बिजयी भएका छन् । गैरेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट संयुक्त व्यवसायी समूहका सरोज  कुमार  पोखरेललाई  ४७  मतान्तरले  हराउँदै  विजयी  भएका हुन् । पराजित  पोखरेलले  २८३  मत  पाए  । संघको  पूर्व  उपाध्यक्षसमेत रहेका गैरे नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको  नेपाल  लोकतान्त्रिक  वैदेशिक  रोजगार  व्यवसायी  फोरमका  पूर्वअध्यक्ष  एवं  अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक हुन् ।   
संघको दुई वर्षे कार्यकालका लागि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा  कुल  ६१९ मत  खसेको थियो । 
त्यसैगरी संघको प्रथम उपाध्यक्ष  पदमा  लोकतान्त्रिक  समूहका कमल तामाङ विजयी भएका छन् । तामाङले आफ्ना प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेलाई  १५१  मतान्तरले  पराजित  गरेका  हुन्  । तामाङले ३८१ मत र पाण्डेले २३० मत पाए । द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल ३२२ मत सहित बिजयी भए । उनका प्रतिष्पर्धी मुक्तिनाथ अधिकारी २८७ मत प्राप्त गरे । 
संघको तृतीय  उपाध्यक्षमा  किशोर  कुमार  केसी ३६० मत सहित बिजयी भए भने उनका प्रतिष्पर्धी अख्तर हुसेनले २४४ मत प्राप्त गरे । 
महासचिवमा  सुजितकुमार  श्रेष्ठ ३८८ मत प्राप्त गरी बिजयी भए भने रामचन्द्र गिरी २२३ मत प्राप्त गरे । 
सचिवमा  मेघनाथ  भुर्तेल ३३३ मत सहित बिजयी भए भने सन्जु गुरुङ २७३ मत प्राप्त गरे । 
संघको कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएकी छन् । गुरुङ ३६७ मत प्राप्त गरिन भने उनकी प्रतिपधी तेजुमाया लिम्बु २३८ मत प्राप्त गरिन ।  
कार्यसमितिका  १०  जना  नै  सदस्यहरु  लोकतान्त्रिक  समूहका  उम्मेदवार  विजयी  भए  ।  सदस्य  उम्मेदवारहरुमा कर्णराज कटुवाल, दिनेश  कुमार  राय  (राहुल),  सुरेन्द्र  अर्याल,  हर्कबाहादुर  लिम्बु,  बिजय  लामा,  वावुलाल  मगर  नरेन्द्र,  केशवराज  न्यौपाने,  छविलाल  भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल विजयी भएका छन् ।
जितपछि नवनिर्वाचित अध्यक्ष गैरेले व्यवसायीहरुको हितका साझा एजेण्डाहरुमा  सबै  पक्षको  सुझाव  लिएर  अगाडि  बढ्ने  प्रतिवद्धता  जनाए । उनले भने, ।।।यो जित मेरो मात्र होइन सम्पूर्ण व्यवसायीहरुको जित  हो  ।  मतका  आधारमा  मात्रै  होइन  सबैको  मन  जितेर  काम  गर्छु ।’ गैरेले आफ्नो कार्यकालमा कुनै व्यवसायीहरुबीच कुनै भेदभाव नहुने बताए । यस्तै, अध्यक्ष पदका प्रत्यासी  सरोजकुमार  पोखरेलले  नवनिर्वाचित अध्यक्ष गैरेलाई बधाई दिँदै व्यवसायीहरुको मुद्दामा संघको नेतृत्वलाई सहयोग गर्ने बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video