प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत
धर्म/संस्कृति
Oct 28, 2019
गरियो गाई, गोरु र कृषक पूजा
काठमाडौँ,  कात्तिक ११ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । वर्षभर कृषि कर्म गर्ने कृषक तथा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिइयो । यसैले आजको दिनलाई ‘हल तिहार’ पनि भनिन्छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video