प्रमुख समाचार
Oct 31, 2019
‘आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्’
काठमाडौँ,  कात्तिक  १४ ।  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उहाँले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार काश्मिरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वले दक्षिण एशियाको शान्ति, प्रगति र विकासमा अवरोध सिर्जना भएकाले वार्ताका माध्यमबाट सबै समस्याको समाधान हुनुपर्ने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video