मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा  |  मुलुक छोड्ने कल्पना पनि गरेको छैन् : सुजाता कोइराला  |  बानेश्वरको पार्टी प्यालेसमा दुलही लिन दुलाहानै नआएपछि....  |  विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी  |  मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै  |  भीमेश्वर मन्दिरमा क्षमा पूजा  |  आज मिति २०७६ फागुन १५ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पोखरामा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन  |  गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई अनुरोध गरिने  |  उत्कृष्ट मानवीय सेवा दिन प्रहरी महानिरीक्षकको आग्रह
शिक्षा /स्वास्थ्य
Dec 02, 2019
नेपाल नर्सिङ संघको निर्वाचनमा मनकुमारीको नेतृत्वमा प्रगतिशिल प्यानलको उम्मेद्धवारी दर्ता, को को छन प्यानलमा ?
रबिन थपलिया । काठमाण्डौं । मंसिर १६ । नेपालमा कार्यरत नर्सहरुको साझा संस्था नेपाल नर्सिङ संघको आगामी कार्यकालका लागि मनकुमारी राईको नेतृत्वमा प्रगतिशिल प्यानलको उम्मेद्धवारी दर्ता भएको छ । पुस ९ गते देशैभर हुने संघको नेतृत्वको लागि राईको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति तयार भएको हो । नेकपाको स्वास्थ्य विभाग प्रमुख तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेको पहलमा संघको निर्वाचनका लागि सर्वसम्मत उम्मेद्धवारको नाम टुंगो लागेको बताइएको छ ।
No photo description available.
देशभरमा ९० हजार नर्सहरु कार्यरत रहेपनी अनुमान गरिएपनि नेपाल नर्सिङ संघमा भने झण्डै १५ हजार नर्सहरु मात्र आवद्ध छन् । संघमा लामो समय देखि प्रगतिशिल पक्षको बर्चश्व रहंदै आएको छ । 
नर्सिङ संघको निर्वाचनको बारेमा प्रतिकृया दिंदै नेकपाको स्वास्थ्य विभाग प्रमुख तथा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पेशागत हक हितका लागि प्रगतिशिल पक्षका नर्सहरुले लामो समय देखि संघमा रहेर धेरै मेहनत र दुख गरेको बताँउदै संघमा पुन उनिहरुकै बर्चश्व कायम हुनेमा दुविधा नरहेको बताउनुभयो । 
प्राध्यापक संघ जस्तै नेपाल नर्सिङ संघ पनि पेशागत र व्यवसायीक संगठन भएपनि लामो समय देखि राजनीति खेमामा बिभाजन भएर निर्वाचन हुंदै आइरहेको बताँउदै स्वास्थ्य बिभाग प्रमुख पाण्डेले संघको नेतृत्व गर्नेले स्वतन्त्र ढंगले पेशाकर्मीहरुको आस्था, बिचार र व्यवहार अनुसार अगाडी कामगर्नुपर्ने बताउनुभयो । 
प्रगतिशिल प्यानलसंगै संघको नेतृत्वका लागि नेपाली काँग्रेस समर्थत नर्सहरुको नेतृत्व गदै मुना रानाको अध्यक्षतामा १४ सदस्यीय प्यानलले उम्मेद्धवारी दर्ता गरेको छ । संघमा लामो समय देखि प्रगतिशील समुहको बर्चश्व रहंदै आएको छ । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video