नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ  |  सरकारी सेवामा कार्यरत पाँच चिकित्सक निष्काशित
समाज
Feb 04, 2020
नवजात शिशु मृत्युदर घटाउन सुसार कार्यक्रम
चितवन, माघ  २१ नवजात शिशु मृत्युदर घटाउन सबै प्रदेशका आठवटा सरकारी अस्पतालमा सुसार कार्यक्रम शुरु गरिएकोे छ । नेपाल सरकारसँग सहकार्य गरेर गोल्डेन कम्युनिटीले गत वैशाखबाट यो कार्यक्रम अस्पतालमा शुरु गरेको हो । हालसम्म पाँचवटा अस्पतालमा कार्यक्रम लागू भइसकेको छ भने बाँकी अस्पतालमा पूर्वतयारीका काम भइरहेका छन् । गोल्डेन कम्युनिटीले सोमबार यहाँ आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा दिइएको जानकारीअनुसार जनकपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली र सेती अस्पतालमा कार्यक्रम लागू भइसकेको छ । भरतपुर अस्पताल, कोशी अस्पताल र डडेल्धुरा अस्पतालमा कार्यक्रम लागू गर्नका लागि तयारी कार्य भइरहेको छ । कार्यक्रममा गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई पहिलो दिनमा हुने नवजात शिशु मृत्युदर घटाउने, मातृशिशु स्याहारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई नवजात शिशु स्याहारासम्बन्धी ज्ञान तथा सीप बढोत्तरी गर्ने, प्रसूति सेवालाई प्रभावकारी ढङ्गले निगरानी गर्ने र सेवा प्रदान गर्न तथा उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई शशक्त बनाउन सुसार कार्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा दिइएको जानकारीअनुसार हरेक वर्ष नेपालमा छ लाख शिशु जन्मन्छन्, जसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिन्छन् भने करिब १३ हजार नवजात शिशुको जन्मिएको एक महिना नपुग्दै मृत्यु हुने गरेको छ । नवजात शिशुको मृत्युका कारणमध्ये महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनासाथ सास फेर्न नसक्नु २३ प्रतिशत र सङ्क्रमण हुनु १९ प्रतिशत प्रमुख कारण हुन् । नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्यु प्रतिहजारमा २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मिने शिशुको दर प्रतिहजार १३ मा घटाउने लक्ष्य अघि सारेको छ । सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न सुसार कार्यक्रम गर्न लागिएको कार्यक्रम प्रबन्धक रेजिना गुरुङ जानकारी दिनुभयो । रुघाखोकी र ज्वरो बिरामीको परीक्षण भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरिएको छ । पाँचवटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । सोमबार रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी १०० बिरामीले छुट्टै टिकट काटेर स्वास्थ्य जांँच गराएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको हो । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तिवारीले जानकारी दिनुभयो । केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । तीमध्ये ७० जति रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video