रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने
धर्म/संस्कृति
Mar 03, 2020
आज मिति २०७६ फागुन २० गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २०। मंगलबार तदनुसार २०२० मार्च ३ तारिख फाल्गुन शुक्ल पक्ष अष्टमी तिथि विहान ८ । ५२ उप्रान्त नवमी तिथि मृगशिरा नक्षत्र रातभरी विष्कुम्भ योग विहान ८ । ३२ उप्रान्त प्रति योग बालव करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा बृष रासिमा साँझ ६ । ३५ सम्म उप्रान्त मिथुन राशिमा रोग बेला विहान ७ । ५८ सम्म आज चन्द्रमा दक्षणमा रहने भएकाले काम गर्दा पूर्व फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले विहानै उठेर पूर्वफर्केर मन्त्र जप गर्नुहोला हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबोलिको प्रभाव राम्रो पर्ने हुदा अरुको विस्वास जित्न सकिने र नयाँकाम हात समेत सक्ने योग भेटघाटमा वल गर्दा चिन्ता घट्ने छ गोपनियतामा वल गरे धेरै लाभ मिल्ने योगप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमनोवल वढ्ने प्रयत्न गर्दा कामको परिणाम सकारात्क हुने योग नयाँ आमदानिका श्रोतहरु हातपार्न सफल हुने अरुको विस्वास आफु प्रतिरहनेनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौध्दिक कार्यमा अघि वढ्दा आलोचना हुने योग खर्च वढ्ने विवाद बढ्ने आटेको काममा सफलता नपाउने मनमा नराम्रो हुनेयोगसमयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुवाट प्रसम्सा पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ आमदानिका अवसर हरु धेरै मिल्नेछनमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआवस्यक समयमा भाग्यले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने काम गर्दा सजिलै सफलता हात पर्ने समाजिक कर्यमा सम्मान पाउने योग चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यमा सुधार आउनाले काममा गरेका आर्थिक लगानी सहज हुने सामाजिक कार्यमा पजस पाउनु होला अरुले विस्वास पनि गर्ने योग परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रयत्न गरे पनि तत्काल काम पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मिहिनेतले प्रतिफल दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए सजिलै पार नलाग्ने स्वास्थामा बाधा आउनेक काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्ष पुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभ हुदा मन प्रसन्न हुने योग परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। सहयोगी र भौतिक साधनको कमीले आँटेको काममा विलम्ब हुनेछ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको प्रतिकूल प्रभावले गरेका काम पुरा नहुने धन नासभै मनमा खिन्नताले बास गर्ने विस्वास गरेकाले धोका दिने शत्रुले आफुलाई पराजय गर्दै अग्रसर हुदा कार्यमा सफलता नपाउने योग पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबौद्धिक तिब्रताले घरेलु काममा सुधार आउने मित्रहरुले आफ्नो लाभ र बौद्धिक सफलताका लागि आफुलाइ साथ दिने शत्रु निस्कृय हुने योग लेखन कार्यमा तिव्रता आउने योगपढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमनमा प्रसन्नता धेरै बढ्ने सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने मित्रको साथ र शत्रुको पराजयले परिवार वढि सहयोगी हुन सक्ने योग घर सवारि जोढ्ने आज सजिलो निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपराक्रमको प्रभाले अरुवाट प्रसम्सा पाउने योग काम गरेर धनमाल हात लगाउन सक्ने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभ हुनेसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video