सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 31, 2020
नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा
काठमाण्डौं । चैत्र १८ । लकडाउनको समयमा पनि नुवाकोटका बिभिन्न खोला र नदिहरुमा ढुंगा÷बालुवाको अबैध उत्खनन भइरहेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले निगरानी बढाएको छ । 
नुवाकोटको शिवपुरी, पञ्चकन्या र लिखु गाँउपालीका क्षेत्रका नदिहरुबाट दिनदहाडै बालुवा र ढुंगा उत्खनन हुने गरेको जनगुनासोका आधारमा प्रहरीले निगरानी बढाएको हो । 
यसै क्रममा पञ्चकन्या गाँउपालीका २ को पुलको मुनी अबैध रुपमा बालुवा झिकिरहेको अवस्थामा प्रहरीले चालक सहित ट्रिपर नियन्त्रणमा लिएको छ । आज दिँउसो खोलामा बालुवा झिकिरहेको अवस्थामा बा ५ख ८४३१ नम्बरको टिफर र सो टिफरका चालक तथा धनी अजय श्रेष्ठलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अभिनारायण काफलेले जानकारी दिनुभयो । 
टिफर चालकलाई नियन्त्रणमा लिएपछि गाडी सहित जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउने क्रममा बिचबाटोमानै गाडी लक गरेर चालक फरार भएका थिए । फरार भएका चालकलाई प्रहरी टोलीले खोजी गरी बिदुर लगेको छ ।  
नियन्त्रणमा लिइएको टिफर र चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको छ । निजलाई कारबाहीको लागि जिल्ला समन्वय समिति नुवाकोटमा लेखि पठाइने प्रहरी प्रमुख काफलेले बताउनुभयो । नियन्त्रणमा लिएको टिफरलाई ३० हजार सम्मको जरिवाना हुन सक्ने छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video