केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Jul 22, 2020
भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति
काठमाडौँ, साउन ७   सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले भदौ १ गतेदेखि नै प्रतियोगिताको तयारीका लागि विभिन्न किसिमका अभ्यास गर्न पाइने निर्णय सुनाउनुभयो । समूहमा खेलिने घरेलु खेलकूद प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । उक्त अवधिमा खेलको सबै अभ्याससमेत बन्द गरिएको थियो । खेलाडी तथा प्रशिक्षक सरकारको अनुमति पर्खेर बसिरहेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video