उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
अपांगता/अल्पसंख्यक
Sep 01, 2017
खुट्टाले बिमान उडाउने पाइलट जेसीका कक्स आज नेपाल आँउदै
काठमाडौं । भदौ १६ । अपांगता भएका व्यक्तिहरु समाजका दोस्रो दर्जाको नागरीक जस्तो ठान्नेहरुका लागि गतिलो उदाहारण हुन अमेरीकी नागरीक जेसीका कक्स । जन्मजात दुवै हात नभएकी जेसीकाले सन २००८ मा बिमान उडाउने इजाजत प्राप्त गरेयता अमेरीकी आकासमा बिमान उडाउन थालेकी हुन् । तिनै साहसीक संसारकी एक मात्र अपांगता भएकी बिमान चालक जेसीका कक्स नेपालमा अपांगता भएका व्यक्तिको अवस्था र उनिहरुको जिवन स्तरको बारेमा बुझन आज नेपाल आँउदै छिन् । मलेसियन एयरको बिमानबाट आज राती १० बजे त्रिभुबन बिमान स्थलमा अवतरण गर्ने कार्यक्रम रहेको ह्याण्डीक्याप इन्टरनेश्नलका जनसम्पर्क अधिकृत प्रह्लाद गौहाबिप्लीले जानकारी दिए । 
जेसीका आज काठमाडौं उत्रीएपछि भोली आराम गर्ने छिन भने आइतबार देखी मंगलबार सम्म उनले बिभिन्न अपांगता सम्बन्धी संस्था र प्रतिनिधिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
नेपालमा अपांगताको क्षेत्रमा काम गरीरहेको ह्याण्डीक्याप इन्टरनेश्नल को सदभाव दुत समेत रहेकी जेसीका नेपालमा अपांगता भएका व्यक्तिहरुको अवस्था र उनिहरुको जिवनस्तरको बारेमा फिल्ड अध्ययनको लागि नेपाल आएकी हुन् । नोभेम्बरमा अमेरीकाम हुने हाक्रीभ समिटमा जेसीकाले नेपाल भ्रमणबाट पाएको अध्ययनको प्रस्तुती गर्नेछिन् । 
जेसीकाको नेपाल भ्रमणको क्रममा आइतबार राष्ट्रिय अपांग महासंघले काठमाडौंमा जेसीका संगको साक्षात्कर र उज्जवल भबिष्य नामको डकुमेन्ट्री समेत देखाउने कार्यक्रम रहेको छ ।
जेसीकाको भदौ २० गते दिनभरको बिभिन्न कार्यक्रम सकेर साँझ अमेरीका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video