काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Sep 17, 2017
रामेछाप कलाकार समाजद्धारा राजधानीमा शुभकामना आदानप्रदान, श्रष्टाहरु सम्मानित
काठमाडौं – रामेछापमा जन्मेर राष्ट्रिय जीवनमा महत्वपुर्ण योगदान पुर्याएका विभिन्न ब्यक्तित्वहरुलाई रामेछाप सांस्कृतिक कलाकार समाजले सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछापका श्रष्टाहरुलाई प्रमाणपत्र सहित सम्मान गरे ।
‘दशैं तिहार शुभकामना आदानप्रदान, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७४’ मा रामेछापका कलाकारहरुले विभिन्न सांगितिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । त्यस अवशरमा राष्ट्रसेवक वेलबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, लोक दोहोरी गायक नारायण रायमाझी, लगायत विभिन्न विधाका उत्कृष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यस्तै, जनसवाल दैनिकका सम्पादक रामजी बगाले र अनलाईन खवरका पत्रकार मातृका पौडेललाई समेत सो अवशरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका रामेछापबाटै प्रतिनिधित्व गर्ने गृहराज्यमन्त्री श्रेष्ठले शहिद गंगालाल र वामपन्थि नेता पुष्पलाललाई जन्म दिएको जिल्लाबासी भएकोमा आफुलाई गर्व लागेको बताए । उनले साहित्यकार कृष्णलाल अधिकारी जन्मेको रामेछाप हरेक संघर्षमा अगाडि रहेको बताए । सो अवशरमा गृहराज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन र निर्वाचन सरकारको प्राथमिकता रहेको बताए । कार्यक्रममा सो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदद्धय आङटावा शेर्पा र कमला सुवेदी बिशिष्ट अतिथि रहेका थिए ।
रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले समाजले प्रत्येक वर्ष दशैं तिहारका अवशरमा यसप्रकारको जमघट एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरिएको बताए । उनले यस्ता कार्यक्रममले श्रष्टाहरुलाई थप प्रोत्साहन दिने भन्दै सबैलाई शुभकामना दिएका थिए । 
कार्यक्रममा चर्चित कलाकारहरु प्रकाश कटुवाल,अमृत खाती, नारायण रायमाझि, हास्यकलाकार महादेव त्रिपाठी लगायतले आ–आफ्ना सांस्कृतिक कोशेलीहरु प्रस्तुत गरेका थिए ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video