कृषि/प्रविधि
Dec 20, 2017
मानवअधिकारको अनुगमन गर्न नेपालमानै पहिलो पटक मोवाइल एपको सुरुवात
काठमाडौं । पुस ५ । नेपालका विभिन्न स्थानहरुमा आर्थिक, सामाजीक, साँस्कृतिक अधिकारको अवस्थाका बारेमा अनुगमन गर्नका निम्ती नेपालमानै पहिलो पटक मोवाइल एपकको प्रयोगमा ल्याइएको छ । 
नेपालको मानव अधिकारको क्षेत्रमा २०५२ साल देखिनै काम गदै आइरहेको मानव अधिकार तथा समाजिक रुपमान्तरण अभियान (काहुरास्ट)ले आज मोवाइल एपको सार्वजनीक गरेको हो । 
काहुरास्टद्धारा आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बिच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इएससिआर मनिटरीङ नामक मोवाइल एप सार्वजनक गरे । मोवाइल एपको सार्वजनीक गदै शर्माले मोवाइल एपले नेपालमा मानवअधिकारको क्षेत्रमा नयाँ आयाम थपेको बताए । शर्माले नेपालमा भ्रष्टाचारको अन्त्य नभए सम्म सामाजीक, आर्थिक विकास नहुने बताँउदै भ्रष्टाचारको जालोलाई माथीदेखिनै हटाँउदै लैजानु पर्ने बताए ।    
कार्यक्रममा काहुरास्टका अध्यक्ष बिष्णु पुकार श्रेष्ठले आर्थिक सामाजिक, साँस्कृतिक अधिकारको अनुगमन गदै मोवाइल एपलाई समस्त मानव अधिकारकर्मीहरु, अनुसन्धानकर्ता एवं अन्य सरकोरावालाहरुका लागि जान्ने तथा दीगो विकास लक्ष्यहरुसंग यसको सम्वन्धका बारेमा बुझने एक सार्वजनीक थालेका रुपमा विकास गरिएको बताए । 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सरी, मानव अधिकारकर्मी चरण प्रसाँई लगायत बिभिन्न मानवअधिकारबादी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो । 
 
Image may contain: 4 people, people smiling, people sitting, table, living room and indoor


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video