नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
मनाेरञ्जन/रोचक
Dec 24, 2017
सन्तपुर बस्तीबाट धुर्मुसको फेसबुक लाइभ, दिए यस्तो भाबुक सन्देश
काठमाडौं । पुस ९ । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरेको पहलमा निर्माण भएको रौतहटको चन्द्रपुर नगरपालीका ८ स्थीत सन्तपुरको एकिकृत नमुना सन्तपुर बस्ती र्निमाणको अन्तीम चरणमा पुगेको छ । बस्ती निर्माणको कामहरुको बारेमा आज बिहानै धुर्मुसले फेसबुक लाईभ मार्फत जानकारी गराँउदै बस्ती निर्माणको काम समेत देखाइदिएका छन् । 
No automatic alt text available.
सुन्तली धुर्मुस फाउण्डेसनको पहलमा गत ७१ दिन देखी सन्तपुरका ४५ बाढीपिडितहरुका लागी ‘एकिकृत नमुना सन्तपुर बस्ती’ निर्माण भइरहेको छ । 
तराईमा आएको बाढी र डुबानका कारण घरबार बिहीन बनेका सन्तपुरका दलित र पिछडा समुदायका मानिसका लागि फाउण्डेसनले बस्ती बनाइदिएको हो । सन्तपुर बस्तीमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दछन् । 
५ करोड भन्दा बढीको लागतमा निर्माण भइरहेको परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर, सामुदायिक भवन , बस्ती पुरै हेर्न मिल्ने म्यु टावर, सार्वजनिक धारा , सार्वजनिक शौचालय, प्राइमरी स्कुल, पाहुला घर वटा साथै आधुनीक कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण भइरहेको छ । 
Image may contain: sky and outdoor
फाउण्डेसनले एकिकृत बस्ती निर्माण थालेपछि बस्तीका ९४ मुसहर परिवारका बच्चाहरु विद्यालय जान थालेका छन् । धुर्मुसका अनुसार बस्ती निर्माणमा २६१ भन्दा बढी कामदार, भोलेन्टीयर र सहयोगी कार्यरत रहेका छन् । उनले भने “बिहानको ६ः१५ बजेबाट काम सुरु हुन्छ हामी रष्ट्रिय गान गाएर मतृभुमीलाई सम्झेर काम सुभारम्भ गर्ने गर्दछौं” । 
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको यो चौथो एकिकृत बस्ती हो । इमान्दार काम गरेमा सबैको सहयोग मिल्ने रहेन छ भन्ने विश्वास लागेको छ धुर्मुसले भने यहाँहरुलेनै बनाएको कलाकार हामी यहाँहरुलेनै बनाएको अभियन्ता हौं यो बस्ती पनि यहाँहरुकै हो । यहाँबाट पाएको सहयोगबाट धेरै आभारी । धुर्मुसले आफुले पाएको विश्वासलाई रतीभरीपनी कमिहुन नदिई अगाडी बढने बताए । 
धुर्मुसले समृद्ध नेपाल निर्माणको दरीलो आधार एकिकृत बस्तीको बिकासनै हो । एकिकृत बस्ती समानताको बिम्ब हो सबैको घर उस्तै, उत्रै । 
धुर्मुसले बस्तीका घरहरु निर्माण भई धमाधम प्लास्टरको काम भइरहेको बताए । उनले मन्दीर र भ्युटावरको काम भने भोलीबाट सुरु जानकारी दिए । उनले भने जमिन अत्यन्त कम थियो । जम्मा १२ कठा जमिनमा सरकारी मापदण्ड पुरा गरेर बस्ती निर्माणमा निकै चुनौति थियो तथापी हामीले यसलाई उत्कृष्ट बनाउने प्रयास गरेका छौं । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video