कृषि/प्रविधि
Mar 09, 2018
दुग्ध विकास संस्थानमा कर्मचारीकै संलग्नतामा दुध–दहि चोरी, सामान बेचेको ८५ लाख भन्दा बढी रकम आफनै खातामा जम्मा गर्ने ६ कर्मचारीको ग्रेड घटुवा
काठमाडौं । फागुन २५ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) भित्र सामान चोरी देखि रकम हिनामिना गर्ने समेतको गतिविधि बढेपछि संचालक समितिले कर्मचारीलाई कारबाही प्रकृया सुरुगरेको छ । 
संस्थानको लैनचौर स्थीत कार्यालयबाटै केहि कर्मचारीहरुले दुध–दही चोरी गर्ने देखि बिक्रीबाट प्राप्त भएको रकम समेत आफनै खातामा जम्मा गर्ने हर्कत सम्म गर्न थालेपछि डिडीसी सञ्चालक समिति कडा रुपमा प्रस्तुत भएको हो । डिडिसीको केन्द्रीय कार्यालय लैनचौरबाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला । तर यो सत्य हो । डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ ।
स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए । सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ ।
रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको ग्रेड घटुवा गरिएको छ । डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो ।
दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौरमा कार्यरत कर्मचारी प्रेम पराजुली, वेद शर्मा, सुभास राई, बृषबहादुर भुजेल, अर्जुन पन्थी र छवीलाल आलेको ग्रेड घटुवा गर्ने सञ्चालक समितिले निर्णय गरेको छ। डीडीसीले पराजुलीबाट ३४ लाख, शर्माबाट १२ लाख १७ हजार, राईबाट आठ लाख १३ हजार, भुजेलबाट तीन लाख ६३ हजार, पन्थीबाट ११ लाख र आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ ।
कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दैआएका थिए। हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video