एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
कृषि/प्रविधि
Jul 05, 2018
शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने
 काठमाडौँ  असार २१  वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । 
प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो । 
बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको बताउनुभयो । बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

यस्तै बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्ेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video