प्रमुख समाचार
Sep 28, 2018
मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास
 काठमाडौँ, असोज १२ ।  भूकम्प पछिको पुनः निर्माण जारी रहेका बेला मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास गरिनुपर्नेमा जोड दिइएको छ । 

असल निर्माणको अभ्यासका लागि नेपाल इञ्जिनियर्स एशोसिएशन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी अलुम्नाई एशोसिएशन, हामा स्टिल र नलेज इन्टरप्राइजेज ग्रुपबीच भदौ २७ गते सम्झौता भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सो अवसरमा अलुम्नाई एशोसिएशनका अध्यक्ष किशोर शाक्यले निर्माणसँग सम्बन्धित व्यावसायिक सङ्गठनसँग सहकार्य गरेर असल निर्माणको अभ्यास अभियान शुरु गरिने बताउनुभयो । 

इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले निर्माण भइरहेका आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न गराउन अभियान चलाउन लागिएको जानकारी दिनुभयो । निर्माणका क्रममा हुने सानातिना कमजोरीले दुर्घटना निम्तन सक्ने भएकाले असल निर्माणको अभ्यासबारे जनचेतना जगाउन लागिएको उहाँले बताउनुभयो । 

निर्माणका क्रममा रड जोड्न मात्र कमजोरी हुँदा पनि भवन भत्किएर मानिस मरेका घटना भएकाले जागरण फैल्याउन अभियान शुरु गरिएको सो अवसरमा जाजनकारी गराइयो । 

कार्यक्रममा आर्किटेक्चर इञ्जिनियर डेवेशराज भट्टराई, हामा आइरन एण्ड स्टिलका प्रबन्ध सञ्चालक इञ्जिनियर राजन श्रेष्ठ लगायतले असल निर्माणको अभ्यास शुरु गर्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video