सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 21, 2019
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, ९ फागुन भक्तपुर, ललितपुर, उदयपुर, सुर्खेत र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित सडकमा बा.५ ख ७७७८ नम्बरको टिपरले बुधबार दिउसो बा.४० प ५४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कंचनपुर कृष्णनगर नगरपालिका-२ घर भएका अन्दाजी २० वर्षीय बिष्णुराज पन्तको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
ललितपुर, ललितपुर महानगरपालिका-३ धोविघाटस्थित सडकमा बा.६५ प ८०८६ नम्बरको मोटरसाइकलले बुधबार दिउसो पैदलयात्री ललितपुर धोबिघाट बस्ने सिन्धुपाल्चोक ज्यामिरे गाउँपालिका-७ घर भएका ५५ वर्षीय बलराम राउतलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि मेघा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
उदयपुर, त्रियुगा नगरपालिका-१४ स्थित सडकमा ना.५ त ६७६२ नम्बरको ट्याक्टर बुधबार दिउसो अनियन्त्रित भई पल्टिँदा चालक सोही नगरपालिका-१५ खाँबु बस्ने २७ वर्षीय दुर्गाबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका-५ आपटार बस्ने ४३ वर्षीय दिलबहादुर राई समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ माथिल्लो धुलायबिटस्थित सडकमा भे.१ त ६०१४ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टरका सहचालक लेकबेसी नगरपालिका-१० बस्ने २० वर्षीय शंकर शर्माको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । 
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-५ बबनीस्थित सडकमा बा.१८ च ४९२७ नम्बरको स्कारपियो र लु.३२ प १५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रूपन्देही सिद्धार्थनगर गाउँपा‍लिका-२ बस्ने २० वर्षीय गंगासागर हरिजनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्री २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video