राजनीति
Apr 12, 2019
जनताकोे आवश्यकता पूरा गर्नु सरकारको दायित्व हो ः प्रवक्ता श्रेष्ठ
गोरखा,  चैत २९  ।  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको आवश्यकता पूरा गर्नु सरकारको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सिरानचोक गाउँपालिका–४ चोरकाटेमा आज चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले वर्तमान नेकपा नेतृत्वको सरकार जनताको प्राथामिकता र आवश्यकतालाई ध्यानमा राखेर अघि बढिरहेको बताउनुभयो ।     
     
“जनताको जीवनमा परिवर्तन भएन भने राजनीतिक परिर्वतनको अर्थ रहँदैन”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अहिले सरकारको काँधमा त्यो जिम्मेवारी छ ।” देशमा एउटा राजनीतिक आन्दोलन पूरा भए पनि अहिले नै जनताको जीवनस्तरमा परिवर्तन भई नसकेको उहाँको भनाइ थियो । जनताका सबै खालका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो ।     
     
“कानून बनाएर जनताका अधिकार स्थापित गर्नेतर्फ हामी अगाडि बढिरहेका छौँ”, उहाँले भन्नुभयो । विदेश गएका युवालाई स्वदेश फर्काउन सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर नेपालमै व्यवसाय गराउन प्रेरित गर्ने कामले प्रभावकारी भएको नेता श्रेष्ठले उल्लेख गर्नुभयो । सरकारले अहिले गाउँ केन्द्रित, गरीब र उत्पीडित जनता केन्द्रित विकास गर्न खोजेको उहाँले बताउनुभयो ।     
–––     
   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video