कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
पर्यटन /बिबिध समाचार
Apr 21, 2019
डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को तयारी अन्तीम चरणमा,देश चिनौ गर्ब गरौ, पर्यटन मेलामा सहभागि हुन आम नागरिकहरुलाई चुलेनिम्तो
काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को  तयारी अन्तीम चरणमा पुगेको छ । 

भृकुटीमण्डप स्थीत प्रदर्शनीहलसहितको चौरमा हुने मार्टमा उल्लेख्य ७७ वटै जिल्लाहरुबाट व्यापारिक तथा सांस्कृतिक स्टल बुकिङ हुने क्रम तिब्र रहेको र प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ । हालसम्म ११० वटा स्टल बुकिङ भईसकेको मार्टमा २२५ पर्यटन सम्बद्ध व्यापारिक स्टल रहनेछन । मेलाको मिति नजिकिदै गर्दा स्टल बुकिङको समय पनि अन्तिम चरणमा आईपुगेको छ ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना  गरिएको आयोजकले जनाएको छ ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ आयोजना हुन लागेको मेलामा देशभित्रकै रमणिय सांस्कृतिक सम्पदाको भ्रमण गर्न उत्प्रेरित र गर्ब गर्न सक्ने बातावरण सृजना गर्न मेला सफल हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा र्याफ्टिङ, रारा प्याकेज, लाङटाङ, कर्णाली, हिमाली क्षेत्र लगायतका क्षेत्र अवलोकनका लागि बिभिन्न स्कीमहरु ल्याईने छ । यसका साथै देश तथा बिदेशका ट्राभलिङ प्याकेज सबैको अवलोकन र सेवा लिन सकिने छ । होटल रेष्टुरेन्ट प्याकेज, स्काई ड्राईभ, प्याराग्लाईडिङ, केबलकार, आकासबाट धर्ती हेर्ने अचुक अवशर पनि मेलाले प्रदान गर्नेछ ।
७७ वटै जिल्लाका संस्कृति समेटिएको झाँकी प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रमहरु, मिठा परिकार सहितको फुड जोन  थप आर्कशणका रुपमा रहनेछन ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video