समाज
Jun 02, 2019
अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाही गरिने चेतावनी
सुर्खेत, जेठ १९  कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो । सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे । भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु ५० लाख अनुदान सहयोगबाट बोका खरीदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो । कृषकलाई गोलाप्रथाका माध्यमबाट बोका छनोट गर्न लगाइएको थियो । मन्त्री केसीले आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई ३४ जर्सी गाई प्रदान गर्नुभयो । मन्त्रालयको युवालक्षित कार्यक्रमअन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video