कृषि/प्रविधि
Jun 07, 2019
युरिया मलको अभाव
–सुरेश झा

खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ । मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् । यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् । जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेका कारण मल समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ । कृषि सामग्री कम्पनीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताउनुभयो । मलको टेण्डर भई आयत प्रक्रिया पूरा भइसकेको र हेटौँडामा एक हप्तासम्ममा आउने जानकारी दिनुभयो । साथै साल्ट ट्रेनिङ हेटौँडाले पनि युरिया मल ल्याएर बिक्री गर्नमा केही समय लाग्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको बताउनुभयो । चालू आर्थिक वर्षमा अहिलेसम्म जिल्लामा एक हजार ६०० मेट्रिक टन मल खपत भएको छ । दुई हजार ३०० मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ । त्यस्तै जिल्लामा पोटास र डिएपी मलको पनि अभाव देखिएको छ । मनहरीमा पुल निर्माण मनहरी गाउँपालिका–६ कत्लेमा निर्माणाधीन पक्की पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ६ नं वडाको सशस्त्र क्याम्प अगाडि रहेको कत्ले खोल्सीमा निर्माण भइरहेको पुलको ९९ प्रतिशत कार्यसम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा उक्त स्थानमा पुल निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट प्राप्त उक्त बजेट तथा स्थानीयवासीको जनश्रमदानबाट पक्की पुल निर्माण गरिएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video