प्रमुख समाचार
Jul 12, 2019
विपी प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ
काठमाडौँ,असार  २७। धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित रु आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिनुभयो । उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video