प्रवासी खबर
Nov 03, 2019
अमेरिकामा यसरी पनि कमाउन सकिन्छ इमान्दारिता पुर्बक मनग्गे डलर -सानुबाबु सिलवाल​
कमाइ राम्रो होस​, आम्दानि राम्रो होस​, मनग्गे सेभिङ्ग गर्न सकुँ भन्ने चाहना को सङ्ग नहोला र​? कमाउन त्यति इजि छैन भने जस्तो, सोचे जस्तो, कल्पना गरे जस्तो, गफ र गुड्डी हाके जस्तो अमेरिकामा।
 राम्रो काम नपाएसम्म राम्रो तनाखा पाइदैन मात्रै।कमाउने र कमाएको ठुलै ढिक्का तिरनतारनमा चोइटिने गर्दछ अमेरिकामा धेरैको।अध्ययन र अनुभव बिना कमाइबाटै गजाबले बचत गर्ने धेरैको सपना पुरा हुनै पाउदैन​। महङ्गि बढ्दै छ र उमेर बढ्दै जादा खर्च पनि त्यत्तिकै उकालो लाग्ने गर्दछ अमेरिकामा।अमेरिकामा डलर कमाउन कि त उच्च तनाखाको काम हुनु पर्यो, कि त ब्यबसाय भन्ने सर्बसाधारणमा एउटा इमेजले छाप छोडेको छ तर यो मात्रै होइन अमेरिकामा डलर कमाउने अर्को गतिलो माध्यम पनि छ जुन आज चर्चा गर्न गैरहेको छु।अमेरिकामा अड जब अर्थात टाकनटुकन कामबाट मनग्गे डलर कमाउन सकिन्छ​। के हो त यो अड जब अर्थात टाकनटुकन काम भनेको?
यसलाइ नियमित कामको रुपमा लिने गरिदैन​। अनियमित काम​, जसमा समय तोकिदैन​। काम यस्तो कि सानातिना कामहरु, मर्मतसम्भार​, सरसफाइ, झिनामसिना कामहरु जसको महत्व मानिसको जिवनमा दैनिकिमा महत्वपुर्ण हुने गर्दछ​।यसलाइ अर्को छोटो भाषामा ह्यान्डिम्यान, ह्यान्डिवेमेन जव पनि भनिन्छ​। जतिसुकै बेला, जुनसुकै बेला घर वा ब्यबसायका कुनै पनि कामका लागि २४ सै घन्टा तम्तयार हुनसक्ने काम​।
 अमेरिकामा एयर कन्डिसिनिङ्ग​, लाइट एलेक्ट्रिसियन​, प्लम्बिङ्ग​, धारापानि बिजुलि बत्ति, सानातिना काठ एबम मेटलका कामहरु, औजार एबम हार्डवेयर कामहरुका लागि मानिसहरुको कमि हुदै गैरहेको छ​। जसका लागि तालिम, जसका लागि अनुभव र सिप भ​एका मानिसहरु खाचो पर्दछ​। यस्ता सानातिना कामहरु भत्के, बिग्रे, मर्मत सम्भार गर्नु परे तत्काल काम सम्पन्न गर्नु परे भनेकै बेला समयमै मानिस पाउन कठिन बन्दै गैरहेको छ​। पाइ हाले पनि महङ्गो कामदार​, सिप नभ​एका मानिस​, बिश्वासिलो मानिस पाउन कठिन बन्दै गैरहेको छ​। लागु औषध​, अपराध एबम काम बिशेषलाइ हेर्दा नियमित काम नहुने हुदा अमेरिकनहरुको इन्ट्रेष्ट घट्दै गैरहेको छ यस्ता अड जबहरुमा। यसका लागि कि त स्कुल जानु पर्यो, कि त तालिम गर्नु पर्यो, कि त कामको अनुभव हुनु पर्यो तर काम फत्ते गर्न कामको नेचर बुझेको प्रोफेसनल मानिसको कमि हुदै गैरहेको छ​। कतिपय मर्मत सम्भारहरु इमरजेन्सि हुने गर्दछन अर्थात तत्काल मर्मत नगरे ठुलै आर्थिक एबम मानसिक क्षति हुने गर्दछ त्यसैले भनेजति डलर तिर्छु भन्दा पनि समयमा मानिस पाउन कठिन बन्दैछ हिजोआज अमेरिकामा।
 
त्यसैले एसि, एलेक्ट्रिसिटी, प्लम्बिङ्ग, बिजुलि बत्ति, पानि, गार्डेन​, लनमोर​, ल्यान्डस्केपिङ्ग​, रङ्गरोगन​, झ्यालढोका मर्मत​, कम्युटर मर्मत​, क्यामेरा मर्मत तथा इनस्टलमेन्ट​, तारबारका जस्ता यस्ता थुप्रै अड जबहरु प्रशस्तै छन अमेरिकामा जसबाट मनग्गे आम्दानि गर्न सकिन्छ र यस्ता काम फत्ते गर्न उस्तै परे घण्टाको १० डलर देखि ३०० डलरसम्म तिर्नु पर्नेछ यस्ता अड जब गर्नेहरुलाइ।
 
काम गर्दै जादा आम्दानि त पक्कै मनग्गे हुन्छ नै भबिश्यमा यसखाले आफ्नै ब्यबसाय सन्चालन गर्न सकिनेछ​। जस्का लागि तालिम एबम निश्चित समय काम गर्न जरुरि छ​। अनुभव बटूल पहिले र त्यसपछि ब्यबसाय​।मानिसका हटवाटर हिटर गयो, एयरकन्डिसन तातो र चिसो गयो, कम्प्रेसर गयो, फ्रिवन सकियो, भर्न पर्यो, पानि धारा चुहियो, डीसवासर बिग्रियो, बत्ति बिग्रियो, बाथरुम बिग्रियो, ट्वाइलेट बिग्रियो, ढोका झ्याल बिग्रियो, शिसा फेर्न पर्ने भयो, लनमोर, ल्यान्डस्केपिङ्ग गर्नु पर्ने भयो, गार्डेनिङ्ग​, पार्किङ्ग लट​, ड्राइभ वे बिग्रियो यस्ता तमाम कामहरु तत्काल आबश्यक पर्न सक्दछ घर या मानिसका ब्यबसायका लागि। मानिस उस्तै परे भनेजस्तै खर्च गर्न तयार हुने गर्दछ तर काम गर्ने मानिस भनेको बेलामा पाउदैन​।
यस्ता कामहरु सिक्नुहोस​, यस्ता कामहरुले तपाइहरुलाइ समुन्नतिको थप मार्गमा डोर्याउछ​।
 
प्रशस्त सम्भावना र मार्गहरु छन अमेरिकामा डलर कमाउन​। त्यसका लागि इच्छा शक्ति, डेडिकेसन , अनुभव​, प्यासन र ड्रिम हुनु पर्दछ तपाइसङ्ग​।
 
अमेरिका यस्तो स्वतन्त्र र प्रस्तिपर्धि बजार सहितको आर्थिक अबसरको मुलुक हो कि जहा बिष बेचेर पनि डलर मनग्गे बनाउन सकिन्छ​। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video