तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
समाज
Mar 27, 2020
फ्रान्सेली राजदूतावासद्धारा ५९ नागरिकलाई उद्धार
चिप्लेढुङ्गा, १४ चैत : कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक  काठमाडौंँ लगेको छ । 

सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् ।  पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र  गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ लैजाने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै  दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो । 

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई पोखरा विमानस्थलमा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आउनु भएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पु¥याउने व्यवस्था ग¥यौँ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिनुभयो । उहाँले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहनसमेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताउनुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video