तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
प्रमुख समाचार
Mar 27, 2020
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गर्न आयोगको आग्रह
काठमाडौँ, चैत १४ राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ । आयोगले उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्न आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको रोग फैलिन नदिन सरकारले लकडाउन गरेको कार्यलाई सकारात्मक रुपमा लिँदै आयोगले विषम परिस्थितिमा नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video