कृषि/प्रविधि
Jul 12, 2017
मौरीको महमा यस्तो जालझेल, सरकारले गरेको मह–महोत्सब किसानद्धारा बहिस्कार ∕ किन गरे महोत्सब बहिस्कार ? कारण यस्तो रहेछ
 काठमाडौं । असार २७ । सरकारले किसानकै हितको लागि भन्दै आयोजना गरेको एउटा महोत्सब किसानलेनै बहिस्कार गरिदिएका छन् । 
कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा असार २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मह मेला सञ्चालन भइरहेको छ । ‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने मूल नाराका साथ व्यवसायिक मौरी पालनमा लागेका कृषकहरुलाई उत्साहित गर्न तथा नेपाली महको विकास एवं प्रवद्र्धन गर्न दोस्रो मह मेला आयोजना गरिएको व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले बताए ।
तर निर्देशनालयले आयोजना गरेको उक्त महोत्सब नेपाल केन्द्रीय मह व्यवसायी संघ, नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लगायतले मेला प्रति आफनो गम्भीर असहमती रहेको भन्दै मेला बहिस्कार गरेको घोषणा गरेका छन् । ति संस्थाहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मेला बहिस्कारको औपचारीक घोषणा गदैछन् । 
असार २६ गतेदेखि ४ दिनसम्म चल्ने मह मेलामा व्यवसायिक मौरीपालन, महको महत्व तथा फाइदाका बारेमा जानकारी गराईने आयोजकले जनाएको छ । त्यसबाहेक मेलामा विभिन्न क्षेत्रका कृषक एवं व्यवसायीहरुले उत्पादन गरेका महका स्वाद सेवन गर्नुका साथै सुलभ दरमा महको विक्री वितरण हुनेछ । आयोजकका अनुसार प्रत्येक दिन विहान १०ः०० बजेबाट साझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा करिब २० वटा स्टल रहेका छन् ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video