समाज
Apr 09, 2020
तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु
काठमाण्डौं । चैत २७ । काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ ।   कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु गरेको हो । 
हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताउनुभयो ।  बुधबारदेखि शुरु भएको राहत  नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन् । नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको जनाइएको छ । 
नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल,  एक केजी चिनी र दुई साबुन प्रदान गरेको छ । त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको  नगरपालिकाले जनाएको छ । 
 नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै नाम सङ्कलन गर्दा  चार सय एक जना पाइएको छ । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video