सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने
धर्म/संस्कृति
Apr 13, 2020
मिति २०७७ साल बैशाख १ गते सोमबार, यो बर्ष तपाँईको कस्तो रहेने छ ( बार्षिक राशिफल)
ज्यो. पं ओजराज उपाध्याय लोहनी । नव बर्ष २०७७ शालको शुभउलक्षमा देश विदेशमा रहनु हुने सवैमा हार्दिक मङ्गलमय शुभकामना रासि समेत
मेष
यस वर्ष ग्रहगोचर राम्रोछ,वर्षभरी जस्तै नवौँ र दशौँमा बलशाली भएर रहेका शनि तथा बृहस्पति तृतीयस्थानमा उच्च राहुको अनुकूलताले सफलताको मार्गलाई अत्यधिक मजबुत बनाउनेछ ।आँटेका कामहरू धेरै सफल हुनेछन् । नयाँकामको आरम्भ पनि हुनेछ । अरुको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनैतिक कार्यमा विशेष लाभ मिल्नेछ । भाग्य बलियो हुनुको साथै धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेभन्दा बढी नै मिल्नेछ । नयाँ प्रेममा प्रवेश र प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितहरूलाई विवाह बन्धनमा जोडिने अवसर मिल्नेछ । विवाहितहरूका लागि पुत्रलाभको अवसर पनि प्राप्त हुनेछ । स्वदेशी तथा विदेशी शिक्षामा छात्रवृत्ति सहितको उच्च शिक्षा प्रप्त हुने बलियो सम्भावना छ । वर्षभरी नै भाग्य भावमा र कर्म भावमा राजयोगले भाग्योदय र कर्म प्राप्ति हुने योग भए पनि उतारचढाव प्रशस्त आएपनि अन्ततः परिणाम सकारत्मक रहनेछ । नयाँ नोकरी प्राप्त हुने र भएको नोकरीमा पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुने समय छ । नयाँ घर, जग्गा र सवारीसाधन जोड्ने अवसर पनि यो वर्ष मिल्नेछ । अन्न आर्जनका विशेष अवसर यस वर्ष प्राप्त हुनेछ । लेखन मार्गमा ऐतिहासिक सफलता मिल्नेछ । खेलाडीहरूका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्दछ ।सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा केही अवरोध सिर्जना भएपनि समग्रमा यो वर्ष फलदायी रहनेछ । निर्धक्क विश्वासमा अघि बढेमा धेरै कठिनाई आउने र विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । श्रावण, मार्ग, चैत्रमा कठिनाई आउन सक्ने, आषाढ, आश्विन, फाल्गुणमा धेरै सफलता मिल्ने र अन्य महिना मध्यम रहनेछन् ।
वृष
समग्रमा यस वर्षको ग्रह गोचर राम्रो रहनेछ । अढैया शनिको अन्त्य भएकोछ । भाग्यभावमा बसेका गुरुले भाग्यलाई चम्काउनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ । कर्मेश र भाग्य शनिवाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सवत्र फैलाउन सकिनेछ । शनि बृहस्पतिको संयोग अन्त्यन्त फलदाई रहने भएकोले नयाँ नोकरीमा प्रवेश र भएको नोकरीमा पदोन्नति हुने बलियो सम्भावना छ । सक्रिय राजनीतिमा सफताको साथै राजनैतिक नियुक्ति हुने सम्भावना छ । कूटनैतिक सफलता प्रशंसनीय हुनेछ। पढाईमा सफलता मिल्नुको साथै निःसन्तानहरूका लागि सन्तान प्राप्ति हुने योग यस वर्ष परेको छ । आयेश, भाग्येश र कर्मेशको संयोग भने बलशाली रहनेछ । सहयोगी, दाजुभाइ तथा पिताका बीचका सम्वन्धमा केही ह्रास आएपनि धैर्य गरेमा सफताको मार्गमा बाधा आउने छैन । विदेशयात्राको अवसर पनि मिल्न सक्छ । व्यापारमा राम्रै प्रगति हुनुको साथै प्रेममा संलग्न हुने र भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्नेछ । आर्थिक उन्नतिका हिसाबले यो वर्ष निकै राम्रो रहनेछ । स्मरण रहोस् श्रावण २१ देखि मार्ग १ गतेसम्म अढैया शनिको प्रभावको समयमा माथि उल्लिखित कार्य कुराहरू अघि नबढ्न सक्छ । त्यो १०० दिनको समयमा स्वास्थ्यमा बाधा, आर्थिक कठिनाई लेनदेनमा विवादका साथै शरीरमा चोटपटक लाग्न सक्ने र मनमा चिन्ता बढ्ने देखिन्छ । पतिपत्नीबीचमा विवाद वढ्न सक्ने भएकोले त्यो समय संयम रहनुहोला । वैशाख, आषाढ, भाद्र, पौष महिनाप्रतिकूल र श्रावण, कार्तिक, चैत्र राम्रो तथा फलदायी र अन्य महिनाहरू मध्यम रहनेछन् ।
मिथुन
वर्षारम्भमा अढैया शनि र अष्टम गुरुको प्रतिकूलताले स्वास्थमा बाधा आउनाले काम बिग्रनेछ । राजनीतिमा लाग्नेहरूका लागि कूटनैतिक असफलताले पदच्यूत गराउन सक्छन् । व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ । भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ । धार्मिक र सामाजिक कार्यमा झुठा आरोपको सामना गर्नुपर्नेछ । उच्च रक्तस्रावको साथै मुटु, मस्तिकमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ । नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ । विश्वासमा धोका हुनेछ । परिवारले साथ नदिने मित्रहरूपनि स्वार्थमा प्रेरित भईआफूलाई फसाउन सक्रिय हुनेछन् । पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ । पिता, पुत्रबीच सम्वन्ध बिग्रनाले घरझघडा निकै बढ्नेछ । नोकरीमा झुठाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थनान्तरण हुने र छुट्ने योग छ । आम्दानीको मार्ग सबै बन्द हुनेछन् । सन्तानबाट पनि खुसी नमिल्ने अवस्था छ । श्रावण १देखि बृहस्पति अनुकूल हुनुको साथै श्रावण २१ देखि मार्ग १ गते सम्म शनि अनुकूल हुने हुँदा त्यो समय व्यापारमा लाभ हुनुको साथै व्यापारमा र वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । पति पत्नीबीचको सम्बन्धमा पनि उल्लेखनीय सुधार आउनेछ । परिवारमा सकारात्मक सम्बन्ध बन्ने तथा नोकरीमा प्रगति, उन्नतिको साथै राजनीतिमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आर्थिक लाभ प्रशस्त मात्रामा गर्न सकिनेछ । महत्वपूर्णकाम यही समयमा गर्नु उचित हुनेछ । अन्य समयमा संयम हुनु राम्रो वैशाख, भाद्र, मार्ग महिना राम्रो ज्येष्ठ, आश्विन, माघ नराम्रो अन्य महिनाहरु मध्यम छन् ।
कर्कट
यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ । आँटेका काममा सफलता सजिलै मिल्नेछ । बौद्धिक कार्यमा अग्रस्थान मिल्नेछ । पढाईमा सफलता मिल्नेछ । लेखन कार्यमा तीब्रता आउनेछ । साहित्य, कला, गीत, सङ्गीतमा हुनेहरूका लागि अति उत्तम रहनेछ । शैक्षिक उन्नति राम्रो छ । छात्रवृत्ति प्राप्त हुने योगको साथै व्यावसायिक यात्रामा संलग्न हुने सम्भावना छ । विदेशिएर भुलेकामित्रहरूले पुनः सम्झना गर्नेछन् । आयात निर्यातमा लाग्नेहरूका लागि योवर्ष अनुकूल रहनेछ । कूटनैतिक कार्यमा लग्नेहरूका लागि यो वर्ष अति उत्तम रहनेछ । आम्दानीको अवसरहरू प्रसस्त मिल्नेछ । मित्रता प्रेममा बदलिने, प्रेम वैवाहिक यात्रातिर लम्कने समय छ । पतिपत्नीबीच सुमधुरसम्बन्ध निर्माण हुनेछ । नोकरीमा पदोन्नतिको साथै लाभप्रद स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता पाउने योग छ । जोश र जाँगर बढ्ने नयाँ कामको अवसर पनि मिल्नेछ । रोकिएको कामहरू सुचारु हुनेछन् । सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । भाग्य बलियो भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ । श्रावण १ गतेदेखि बृहस्पति प्रतिकूल हुने हुँदा स्वास्थ्यमा बाधा आउने, शत्रु वढ्ने काममा अवरोध आउने, सामाजिक कार्यमा बदनाम हुन सक्नेछ । व्यापारमा उतारवचढाव आउने, यात्रामा संकट आउने, मित्र तथा परिवारसँग केही विमति रहने भएकोले संयम हुनु राम्रो। ज्येष्ठ, आश्विन, फाल्गुन शुभ र लाभदायक रहनेछन् । आषाढ, कार्तिक, फाल्गुन महिना संकट आउने र अन्य महिना मध्यम रहनेछन् ।
सिंह
सिहं राशिलाई योवर्ष मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा रहेका गुरुले स्वास्थ्यमा बाधा, शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ । पढाईमा अवरोध आउनुको साथै सन्तानसँग विमति, लेखन मार्गमा बाधा आउन सक्ने सम्भावना छ । राहु, शनिको अनुकूल प्रभाव वर्षभरी नै रहनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा मिल्नेछन् । मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्ने, रोकिएका कामहरू सुचारु हुने र नयाँ कामको अवसर पनि मिल्नेछ । ज्ञान, विज्ञानमा लागेकाहरूकालागि समय अनुकूल रहनेछ । आफन्त, मित्र तथा परिवारहरूबाट उचित सहयोग मिल्नेछ । व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ । वैदेशिक र कूटनैतिक कार्यमा संलग्न हुनेहरूकालागि यो शुभ वर्ष हो । भाग्यले साथ दिनेछ । सामाजिक कार्यमा सम्मान पाउने योगछ । नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ । राजनीतिमा गुमेका स्थान पूनः प्राप्तीको अवसर मिल्नेछ । सहयोगीहरूको सहयोग पूर्णरुपमा पाइनेछ । दाजुभाइ, दिदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनैतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ ।श्रावण १ गतेदेखि कार्तिक २८ गतेसम्म बृहस्पति धेरै अनुकूल रहने हुनाले बौद्धिक उन्नति तथा लेखन मार्गमा विशेष सफलता मिल्नेछ । सन्तान लाभ हुने सम्भावना पनि छ । न्याय क्षेत्रमा रहनेहरूका लागि महत्वपूर्ण स्थान मिल्ने वर्ष हुनेछ । राजनीतिमा सबैलाइ समेटेर नेतृत्व गर्ने स्वर्ण अवसर पाउने मौका हात लाग्नेछ । स्वदेश तथा विदेशमा सम्मान पाउने योग पनि छ । आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल रहनेछन् भने अन्य महिना मध्यम रहनेछन् ।
कन्या
समग्रमा कन्याराशिलाई यो वर्ष राम्रो रहनेछ । वर्षारम्भमा पञ्चम शनि बृहस्पतिको संयोग अतिनै महत्वपूर्ण हुनेछ । चतुर्थेश गुरु,पञ्चमेश शनिबाट हुने निचभङ्ग राजयोगका कारण ऐतिहासिक सफलता प्राप्त हुनेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर पनि मिल्नेछ । समाजमा तपाई र तपाईका शब्दले अरुको मन सजिलै जित्न सकिनेछ । न्याय क्षेत्रमा लाग्नेहरूका लागि योवर्ष निकै अनुकूल रहनेछ । विद्यार्थीहरूले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरी स्वदेश तथा विदेशमा प्रस्थान गर्ने अवसर पनि मिल्नेछ । प्रगति उन्नतिका लागि मित्र तथा परिवारले राम्रो सहयोग गर्नेछन् । विदेशिएर भुलिरहेका मित्रहरूले पूनः सम्झना गर्नेछन् । व्यापारमा राम्रो उन्नति भई धन आर्जनका अवसर पनि प्राप्त हुनेछन् । नयाँ प्रेम हुने पुरानो प्रेमले वैवाहिक मार्ग प्राप्त गर्ने योग छ । पति, पत्नीबीच हुने सुमधुर सम्बन्धले घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ । कूटनैतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ । ज्ञान, विज्ञानका क्षेत्रमा हुनेहरूको लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ । नोकारीमा आफ्नो दक्षता देखाउँदै आफूलाई अग्रस्थानमा उभ्याउने अवसर मिल्नुको साथै पदोन्नति स्थानान्तरण उचित समय उचित स्थानमा हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पूनः अढैया शनि प्रारम्भ हुँदा घरेलु समस्या बढ्ने, स्वास्थ्य गडवड हुने, मित्र तथ परिवारले साथ नदिने आर्थिक संकट बढ्ने हुँदा त्यो समय महत्वपूर्ण काम नगर्नु उचित हुनेछ ।
तुला
वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा नीच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै वढ्नेछ । मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन् । वहानले पटकपटक धोका दिनेछ । शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन् । स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ । विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ । कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नु पर्नेछ । परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाईमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ । सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन् । प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ । व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ ।श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् ।नयाँ र आयमूलक कामहरू हात पर्ने छन् । सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ । पढाईमा अपेक्षित सुधर आउनेछ । नोकरीमा आएको अवरोध हटेर जानेछ । राजनीतिमा भने सफलता मिल्नेछ । महत्वपूर्ण काम यही समयमा गर्नुहोला । भाद्र, वैशाख, पौष, महिना उत्तम रहनेछन् । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन् । शनिदेवको आरधना गर्नु वेश हुनेछ ।
बृश्चिक
वर्षारम्भमा ग्रह गोचर राम्रो रहने छ । सानातिना समस्या आए पनि समग्रमा सफलता धेरै पाउने वर्ष हो । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग बलियोछ । सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ । दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ । बोलीको प्रभाव राम्रो हुनुको साथै अरुको विश्वास सजिलै जित्ने अवसर पनि मिल्नेछ । कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ । पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ । घर जग्गा जोड्ने तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावनाका साथै भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ । व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक सम्वन्धमा वाँधिने योग पनि बलियो छ । भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योगछ । नोकरीमा उच्चस्थान प्राप्तीका साथै स्वीकार्य स्थानमा स्थानन्तरण हुनेछ । औद्योगिक कार्यमा संलग्नहरूकालागि वर्ष फलदायी रहनेछ । कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि पनि ग्रह गोचर राम्रो रहनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः शनि साढेसाती आरम्भ हुने हुँदा समय अनि कठिन हुन्छ ।धन हानि हुने अनावश्यक विवादमा फस्न सक्ने शत्रु बढ्ने स्वास्थ्यमा अवरोध आउने योग छ । घरेलु समस्याले सताउने छ नोकरी तथा राजनीतिमा उतारचढाव आउने समय हो । विश्वास गरेकाले धोका दिनेछन् मन अशान्त हुनेभएकोले यो समय धैर्य गर्नु उचित हुनेछ । आषाढ,, कार्तिक फाल्गुण महिना प्रतिकूल रहनेछन् । वैशाख, आश्विन, माघ अनुकूल रहनेछन् । अन्य महिना मध्यम रहनेछन् ।
धनु
यसवर्ष ग्रह गोचर समग्रमा प्रतिकूल रहेपनि गुरुको अनुकूलताले बोलिको प्रभाव बढ्ने, अरुको विस्वास जितेर महत्वपूर्ण काम हरु प्राप्त गरी सफल बनाउन सकिनेछ । मान सम्मान पनि पाउने योगछ । मित्र तथा परिवारले पनि कुरा वुझेर सहयोग गर्नेछन । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । नयाँ मित्रको आगमन हुने र परिवारको सदस्य संख्या वृद्घि हुने सम्भावना पनि छ । सन्तानबाट सहयोग र सद्घभाव मिल्नेछ । नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना रहेपनि श्रावण १ गते देखि कार्तिक २८ गतेसम्मको समय भने शनि, राहु र केतु तथावर्षारम्भमा मंगल समेत प्रतिकूल हुनाले सानो सानो काममा पनि सफलता पाउन गाह्रो छ । धन भण्डारणमा शनिको वाश रहेकोले धन सञ्चित हुन पनि गाह्रो छ । शत्रु वृद्धि हुनुको साथै स्वास्थ्यमा बाधा आउनेछ । आर्थिक कारोवारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ । सहयोगीहरुबाट सहयोग भन्दा बढि अवरोध हुने, दाजुभाइ बीच द्वन्द हुने तथा पारिवारिक कलह बढ्ने सम्भावना यस वर्ष रहन्छ । प्रेमवियोग हुनाले मन अशान्त हुनेछ । पति पत्नी बीचको विवाद निकै चर्कनेछ। संयम नभएमा विछोडको अवस्थासम्म आउन सक्छ । व्यापारमा धेरै अप्ठ्यारो आउनेछ । वैदेशिक कार्यमा अवरोधको सामना गर्नु पर्नेछ । उच्च रक्तचााव बढ्नाले मुटुमस्तिष्कमा पीडा हुन सक्छ । विपरित लिङ्गीबाट झुटाअरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो । यो समय महत्वपूर्ण काम र निर्णय नगर्दा उचित होला । ज्येष्ठ, कार्तिक र फाल्गुण राम्रो महिना हुन भने श्रावण र मार्ग तथा चैत्र अशुभ महिना हुन । अन्य महिना मध्यम रहनेछन ।
मकर
साढे सातिको प्रभाव वर्षभरी नै रहनेछ । कहिले राशिमा नीच तथा केन्द्रादी राज्य भङ्ग योग वनाएर वसेको गुरु कहिले सासिमा कहिले बाह्रौ धन मान हानि गरेर बस्ने हुनाले यो वर्ष प्रतिकूल रहनेछ । अशान्त मन र कडा मिजासका कारण आफन्त हरुबाट समेत आक्रमित हुनु पर्नेछ । धार्मिक पक्षमा मन नजाने झुठा मुद्घामामला फस्ने सम्भावना छ । उच्च रक्तचाव बढ्नुको साथै मुटु मस्तिष्कमा पीडा हुन सक्छ । धन माल हराउनुको साथै दाँत र मुखमा पीडा पनि धेरै हुनेछ । पेट दुखाई र हड्डी,नसाको समस्या वर्षभरी नै रहनेछ । नोकरीमा सचेत नभएमापटक पटक स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ । राजनीतिमा प्रसस्तै अप्ठ्यारा हरुको सामना गर्नु पर्नेछ । सानो भूलको पनि परिणाम भयावह बन्नसक्छ । निर्दोष भएपनि दोषीबनेर आफ्नो स्थान गुमाउनु पर्ने अवस्था आउन सक्ने भएकोले कसैको पनि विश्वास गर्नु सङ्कट निम्त्याउनुहो भन्न सकिन्छ । श्रावण १गते देखि कार्तिक २८ गते सम्मको समय कठिन छ । यो समयमा महत्वपूर्ण काम नगर्नु उचित होला । संयम भएमा पढाइमा उन्नति, सन्तानको प्रगति र व्यापारमा लाभ उठाउन सकिनेछ । वैदेशिक कार्यमा र कूटनैतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिनेछ । नयाँ र भरपर्दो प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने पनि बलियो सम्भावना छ । धार्मिक कार्यमा र सामाजिक कार्यमा संयम भएर अघि बढेमा लाभ उठाउन सकिनेछ । आम्दानीका अवसरहरु प्रसस्तै मिल्नेछ । दिदीबहिनी र छोरीबुहारीको राम्रो सहयोग पाउनुहोला ।बैशाख, भाद्र र पौष महिना अशुभ रहनेछन । आषाढ,मार्ग र चैत्र शुभ रहनेछन र अन्य महिना मध्यम रहनेछन ।
कुम्भ
ग्रह गोचर वर्षको धेरै समय प्रतिकूल रहनेछ । वार्षारम्भमा आद्य साढेसाति र द्वितीय एकादशेस गुरु द्वादश भावमा बस्ने हुनाले सञ्चित धनको नास हुनुको साथै आम्दानिका सबै मार्ग बन्द हुनेछन । अनावस्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ । अरुबाट तिव्र आलोचना हुने र धन माल हराउने सम्भावना छ । उपलब्धिहीन कार्यमा समय खर्च हुनेछ । दाजुभाइको र सहयोगीहरुको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिनेछैन । दाँत र मुखमा पीडा हुने, उच्च रक्तश्रावले गर्दा मुटु मस्तिष्कमा पीडा पनि बढ्न सक्छ । हड्डी र नसामा समस्या आउने सक्ने योग पनि छ । सन्तान सँग विमति रहने योग भएपनि श्रावण २१ देखि कार्तिक महिना भरी समय अनुकूल रहनेछ । यो अनुकूल समयमा धन प्रसस्त कमाउन सकिनेछ ।बोलिको प्रभावले अरुलाई विस्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ । उच्च मनोवल र नयाँजोसका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउनर नयाँ कामहरु सुरु गर्न सहज हुनेछ । परिवार र मित्रवाट उचित सहयोग मिल्नेछ। घर घडेरी तथा सवारी साधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पूनः प्राप्त हुनेछ । विज्ञानमा अनुसन्धान गर्न लागिपरेका हरुले चमत्कारिक सफलता हासिल गर्नेछन । व्यापारमा र वैदेशेकि कार्यमा राम्रो सफलता मिल्नेछ ।कूटनैतिक कार्यमा सफलता र राजनैतिक नियुक्तिको योग बलियो छ । महत्वपूर्ण काम यही समयमा गर्नु होला । बैशाख , श्रावण र पौष महिना राम्रो रहनेछभने ज्येष्ठ, आश्विन र माघ अशुभ रहनेछन ।अन्य महिना मध्यम रहनेछन ।
मीन
समग्रमा ग्रह गोचर अनुकूल रहेपनि चौथा रहुको प्रतिकूल प्रभावले केही कठिनाईको सामना पनि गर्नु पर्ला । वर्षारम्भमा एकादश भावमा रहेको शनि तथा गुरुको अनुकूलताले प्रसस्त आय आर्जन गर्न सकिनेछ । तपाईको सत्यतालाई सबैले स्विाकार्ने र साथ दिँदै सफल हुन सहयोग गर्ने योग छ । शरीर स्फुर्तिलो हुनाले रोकिएका पुराना कामहरु तिव्रगतिमा अघि बढ्नेछ । नयाँ कामका अवसर हरुपनि मिल्नेछन । सहयोगीहरुबाट र दाजुभइ तथा दिदीबहिनीहरुबाट राम्रो सहयोग पाइने हुँदा बर्ष निकै अनुकूल रहनेछ । न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा भएकाहरुले ऐतिहासिक सफलता प्राप्त गर्न सक्नेछन । सन्तान प्राप्ति र भएका सन्ताबाट सहयोग र सम्मान पर्याप्त मिल्ने योग छ । वैदेशिक व्यापार, वैदेशिक शैक्षिक छात्रवृत्ति र कूटनैतिक कार्यमा रहेका हरुलाई योवर्ष ग्रहले पुर्ण साथ दिनेछ । नयाँप्रेमको प्रस्ताव र पुराना प्रेम तथा विनाप्रेमका हरुको पनि वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । धार्मिक कार्यमा र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ । नोकरीमा लाभप्रद स्थानमा स्थानान्तरण र पदोन्नति हुने बलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता मिल््ने छ ।श्रावण २१ गते देखि केन्द्रादी दोष बोकेर गुरु चण्डाल योग समेत चतुर्थ राहु र दशम केतुको प्रतिकूलताले मित्रहरुसँग विमति, परिवारको असहयोग र आमा वुवा सँग केही मतभेद हुन सक्ने भएकोले त्यस प्रति सजग रहनु होला । महत्वपूर्ण निर्णयहरु सके सम्म यो समयमा नगर्नु उचित हुनेछ । ज्येष्ठ, भाद र माघ अनुकूल रहनेछन भने अषाढ, कार्तिक र फाल्गुण प्रतिकूल रहनेछन । अन्य महिनाहरु मध्यम रहनेछन ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video