हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
Apr 29, 2020
दादुरा–रुवेलाको खोप लगाइँदै
धादिङ, वैशाख  १७  ।  बन्दाबन्दीका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ । बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो । गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा–रुबेला फैलिँदा १२ बिरामी भएका छन् । नेपाल सरकारले दादुरा–रुवेला फैलिएका गाउँपालिकाभर दादुरा–रुबेला खोप लगाउने भएको हो । यससँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपाकिला स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताउनुभयो । छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारलाई खोप लगाइने कार्यक्रम रहेको छ । खोप कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिने छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video