प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Dec 27, 2017
फेसबुकमा यस्तो लेखेकी नायीकाको महिना दिन नपुग्दै आज सवारी दुर्घटनामा मृत्यु,
काठमाडौं । पुस १२ । “मृत्यु सधै दुखदायी हुन्छ तर दुखको कारण मृत्यु होइन त्यो प्रेम हो” मृत्युका बारेमा केहि दिन अघि मात्र फेसबुकमा यस्तो पोष्ट गरेकी नेपाली चलचित्रकी मोडल तथा कालाकार विना थापाले आज संसारबाट बिदा भईन् । 
आज बिहानै आफनो कोठाबाट कामका लागि बाहिर निस्केकी बिनालाई बत्तिसपुतलीमा पानी बोक्ने ट्याङकरले ठक्कर दियो । टयाङ्करको ठक्करनै उनको मृत्युको कारण बन्यो । उनको उपचारको क्रममा बिर अस्पतालमा निधन भयो । 
विना चढेको बा.५५ प १३८७ नम्बरको स्कुटरलाई आज बिहान बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट गम्भीर घाइते विनाको उपचारको क्रममा विर अस्पतालको ट्रमा सेन्टरमा दिँउसो निधन भएको प्रहरीले जनाएको छ । 
गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाले प्रदर्शनको क्रममा रहेको फिल्मे फिल्म पिंजडा ब्याक अगेनमा समेत अभिनय गरेकी छन् । उनी थिएटरकी कलाकार हुन् । विनाको मृत्यु भएपछि चलचित्र कर्मीहरु तथा रंगकर्मीहरुले दुख व्यक्त गरेका छन् । उनिहरुले दुर्घटनामा संलग्न सवारीका चालकलाई कारबाही र विनाको परिवारलाई उचित राहतको दिलाउन माग समेत गरेका छन् । 
यता, केहि दिन पहिले विनाले आफनो फेसबुकमा यस्तो लेखेकी थिइन् –
जिन्दगी के रहिछ तर मानवीय घमण्ड आखिर किन र यस्तै कुराले मलाई पिरोल्छ धेरैजसो पशुपतीनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लाग्छ । त्यहाँ को गतिविधि हेर्नको लागि म प्राय पशुपति जाने गर्छु आफुलाइ फ्रेस बनाउन र केही बुझन, त्यहाँ बस्दा समय बितेको पत्तो पाउदैन म लाग्छ । मृत्यु भयानक छ तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्यु ले कहिले धोका दिदैन । जन्म देखि संगै बस्ने र जादा संगै लिएर जाने मृत्यु रहेछ । मृत्यु को आफ्नै लय हुन्छ जिबनको लय भन्दा फरक छ । मृत्यु सधै दुखदायी हुन्छ तर दुखको कारण मृत्यु होइन त्यो प्रेम हो ।।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video