सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 06, 2018
मनमैजु लोकतान्त्रीकचोक नजिकैबाट २५ केजी चरेस सहित दुई युवक पक्राउ, पाँच हजारको लोभमा लाग्दा यसरी परे प्रहरीको फन्दामा
रबिन थपलिया । काठमाडौं । माघ २३ । काठमाडौंको तारकेश्वर नगरपालीका १० लोकतान्त्रीकचोक नजिकै २५ केजी चरेस सहित पक्राउ परेको दुई युवकलाई प्रहरीले आज सार्वजनीक गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुले आज पत्रकार सम्मेलन गरी चरेस सहित पक्राउ परेका युवकहरुलाई सार्वजनीक गरेको छ । चरेस सहित पक्राउपर्नेमा गोरखा पालुङ्गटार न.पा.वडा नंं.९ खोप्लाङ्ग स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ नयाँबजार बस्ने बर्ष २५ को अमर तामाङ्ग र धादिङ्ग खनियाबास गा.पा.वडा नंं २ झर्लाङ्ग स्थायी वतन भई हाल का.जि.ता.न.पा.वडा न.ं५ लोलाङ्ग बस्ने बर्ष २० को रणबिर तामाङ्ग रहेका छन् । 
बिशेष सुचनाको आधारमा बालाजु बसन्तनगरबाट लोकतान्त्रिक  चोकतर्फ आई रहको बा.१ ज १३४९ नं.को ट्याक्सीलाई माघ २१ गते चेकजाँच गर्ने क्रममा बालाजु बृत्तका प्रहरीले पक्राउ गरेको बृत्तका डिएसपी विश्वराज खडकाले जानकारी दिए ।
पक्राउ परेका उनिहरुले दुईवटा सुटकेसमा चाउचाउ, खादा, बिस्कुट लगायतका सामान र भित्रपटी फल्स बटम बनाएर चरेस राखेर लैजाँदै गरेका थिए । डिएसपी खडकाले भने हामीलाई चरेस भन्दा पनि बहुमुल्य सामान छ भन्ने सुराकी आएको थियो, लगतै हामीले चारैतिर चेकजाँच खडा गरेर उनिहरुलाई पक्रन सफल भयौं । 
पक्राउ परेका दुवैले आफुहरु तस्करीमा संलग्न नभई भरीया रहेको दावी गरीरहेका छन् । पक्राउ परेका दुई युवकहरुले आफुहरुलाई कसैले बसपार्क सम्म सुटकेस लगिदिनको लागि पाँचहजार दिएको भन्दै जाने क्रममा आफुहरु पक्राउ परेको बयान दिएको डिएसपी खडकाले जानकारी दिए । 
बालाजु बृत्तका अनुसार चरेस काण्डमा संलग्न अन्य दुई व्यक्तिको समेत पहिचान भइसकेको र उनिहरुको खोजी भइरहेको बताइएको छ । पक्राउ परेको उनिहरुलाई कानुन बमोजिम लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान कारवाहि भईरहेको बालाजु बृत्तले जनाएको छ ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी विश्वराज खडकाले पछिल्लो समयमा चोरीका घटना बढन थालेको बताँउदै घरबाट बाहिर निश्कन परेको अवस्थामा छिमेकीलाई भनेर जाने गर्न सर्बसाधारणलाई सुझाब दिएका छन् । खडकाले भने बच्चाहरु स्कुलबाट घर लिन जाने समयमा समेत चोरीका घटना हुने गरेको भन्दै त्यस समयमा बिशेष ख्याल गर्न अनुरोध गरे । 
महानगरीय प्रहरी बृत्त बालाजुको प्रहरी टोलीले एक महिना अघि मात्र १७ केजी सुन बरामद गरेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video