मनाेरञ्जन/रोचक
Mar 20, 2018
फेरी अस्ताए अर्को तारा गायिका कमला श्रेष्ठकाे ६९ वर्षको उमेरमा निधन
काठमाडौं । ६ चैत । गायिका कमला श्रेष्ठको ६९ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ। गंगालाल हृदय रोग केन्द्रमा सोमबार उनको निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए। वि. सं. २००५ कार्तिक ९ गते काठमाडौंको जन्मिएकी कमला ०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा यादव खरेलको शब्द तथा नातिकाजीको संगीत रहेको 'नौ गेडीको माला मेरो' बोलको गीतमार्फत् गायनमा प्रथम भएकी थिइन्। २०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रूपमा काम गरेकी श्रेष्ठले २०० भन्दा धेरै गीत गाएकी छन्। कमलाले नारायणगोपालसँग महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको दिदीको भागमा पर्ने अंश गाएकी छन्। २०२५ सालमा भैरववहादुर थापाले उनलाई नाचघरमा जागिर लगाइदिएका थिए। २०२६ सालमा तारारत्न स्थापितसित वैवाहिक जीवनमा बाँधिएकी कमलाका तीन छोरा उदय, विनय र बबिन छन्।  उनका 'सरर मलेवा गुम्छ बादलमुनि मायालाई', 'सहिदिन्छु कुट बरु बोलीले नकुट', 'मेरा सबै उमेरहरू हजुरलाई'"तारेभिरमा बाबीयाे लसरी, लाकाे मायाँ छुटनी कसरी !! सल्लै हाे जाेवन कल्लाई हाे "लगायत ईश्वर तैले रचेर फेरी कसरी विगारीस..जस्ता दर्जनाै कालजयी आदि गीत चर्चित छन्  

thahakhabarImage may contain: 1 person, text


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video