सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
मनाेरञ्जन/रोचक
Jul 21, 2018
साहित्यमा विपीको योगदान महत्वपूर्ण
 चितवन, साउन  ।  विश्व जगतमा नेपाली साहित्यलाई चिनाउन विपी कोइरालाको महत्वपूर्ण योगदान रहेको आज यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् । 

जननायक विपी कोइराला स्मृति ट्रष्ट काठमाडौं, प्रजातन्त्रबादी प्राध्यापक संघ जिल्ला समन्वय समिति, चितवन र नेपाल लेखक संघ, चितवनले संयुक्तरुपमा आयोजना गरेको जननायक विपी कोइरालाको ३६ आँै स्मृति दिवसको अवसरमा आयोजित ‘विश्व साहित्य र समाज चेतनाका सन्दर्भमा साहित्यकार विपी’ विषयक विचार गोष्ठीका वक्ताले कोइरालाले नेपालमा मात्र नभएर विश्व जगतलाई चिनाउने गरी साहित्यिक क्षेत्रमा योगदान पु¥याएको बताएका हुन् । 

साहित्यकार विपीले नेपाली समाजमा साहित्यको माध्यमबाट चेतना फैलाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उनीहरूले नेपाली साहित्यले विपीलाई नजरअन्दाज गरेर हिड्न नमिल्ने बताएका थिए । सहभागीले विपीको साहित्य र राजनीतिक क्षेत्र छुट्टाछुट्टै बिधा भएको बताएका थिए । 

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा धु्रवचन्द्र गौतमले साहित्यमा राजनिति नजोडिने बताउनुभयो । साहित्यमा सामाजिकता ल्याउन सफल विपीका विषयमा आ –आफ्नै बुझाई रहेको उहाँले बताउनुभयो । 

विपीले आफ्नो जीवनमा साहित्यिक क्षेत्र र राजनीतिक क्षेत्रमा बराबरी उचाई बनाउन सफल हुनु भएको उहाँको भनाइ थियो । 

प्राज्ञ प्रा डा ज्ञानु पाण्डेले विपी मनुस्य अस्तित्वको आधारमा रचना गर्ने साहित्यकार रहेको बताउनुभयो । विपी खुल्ला किताब रहेको भन्दै उहाँले विपी सबैका मान्य साहित्यकार रहेको तर मान्य हुने व्यवहार हुन नसकेको बताउनुभयो । 

समालोचक प्रा डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा शोषित वर्गको प्रतिनिधित्व गर्ने साहित्यकारका रुपमा विपीलाई चिनिएको बताउनुभयो । हरेक जनताको दुःखलाई साहित्यमार्फत जनतामा पु¥याउने काम उहाँले गर्नुभएको डा भट्टराईले बताउनुभयो । 

कार्यक्रममा विपी स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद बलराम पौडेल, मिलनबाबु श्रेष्ठ, गिता वाग्ले, साहित्यकारहरू पुष्प अधिकारी ‘अञ्जली’, सुरेन्द्र अस्तफल, गुराँस वन, चेतराज रेग्मी, केशवराज चालिसे, एकनारायण पौडेल लगायतले विपीको साहित्यिक योगदानको चर्चा गर्दै उहाँको विचारअनुसार पार्टी चल्न नसक्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको बताउनुभयो । 

सोही अवसरमा ट्रष्टले अन्त्योदय जनजाति आवासीय विद्यालय, खैरहनीलाई छात्रवृत्तिस्वरुप रु ७५ हजार सहयोग गरेको थियो । ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर बोगटीलाई सो बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video