कृषि/प्रविधि
Jul 23, 2018
१८ बर्ष पछि पुर्वसंसद लोहनी खेत रोपाँई गर्न गाँउ पसे, श्रावण ११ गते संघिय संसद खतिवडालाई बाउसे गर्ने निम्ता
रबिन थपलिया । काठमाडौं । श्रावण ७ । कृषिमा परनिर्भरता बढै गएपछि खेतबारीमा अन्न उत्पादन गरौं भन्ने सन्देशका साथ पुर्व सभासद तथा नेकपाका नेता राजेन्द्र प्रकाश लोहनी कोदाली बोकेर बषौं देखि बाँझो खेत रोप्न नुवाकोट लागेका छन् । 
लोहनीले झण्डै १८ बर्ष पछि आफनै श्रम पसिनाले नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापतिको खनियाँचौर स्थीत घर खेतमा रोपाँई गदैछन् । यहि साउन ११ गते लोहनीको झण्डै २५ रोपनीको घर खेतमा परम्परागत असारे गित र बाजागाजा सहित भव्य रुपमा रोपाँई गर्ने कार्यक्रम रहेको छ । लोहनीका अनुसार संघिय सांसद नारायण प्रसाद खतिवडाले बाउसे गरेर रोपाँईको सुभारम्भ गर्ने कार्यक्रम रहेको छ । रोपाईँमा सहभागी हुने बाउसे, रोपार सहित हेर्न पुगेकाहरुलाई केराको बुंगोको अचार सहितको खाजा खुवाइने छ । 
पुर्व संसद लोहनी खेतमा आली लगाउन र घाँस सफागर्न आएका खेतालासंग बिहानै देखि  व्यस्त रहने गरेको बताँउछन् । लोहनीको बाँझो खेतको घाँस फाँडन मात्र ५० जना खेताला लागीसकेको छ । पुर्व संसद लोहनी बषौं पछि गाँउ फर्किएर रोपाई गर्न लागेपछि पर–परका गाँउका युवाहरु भने हौसीएका छन् । 


sdfsd
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video