नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Aug 20, 2018
कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी
काठमाडौँ, भदौ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी निकै कम भएको गुनासो राख्नुभएको छ । 
राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा उहाँहरुले कर्मचारीको पटक पटक हुने सरुवाले कामलाई सुव्यवस्थित गर्न कठिनाइ भएको तथा पुराना भौतिक संरचनामा कार्यालय सञ्चालन हुँदा भएको असुविधाबारे जानकारी दिनुभयो । 

जनप्रतिनिधिको मर्यादाक्रम, भौतिक संरचना र कर्मचारीको अभावबारे पनि उहाँहरुले गुनासो गर्नुभएको थियो । स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रमको विषय पनि टड्कारो रुपमा उठेकाले नयाँ परिवेशअनुसार मिलाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । 

नयाँ जनप्रतिनिधि र नयाँ कर्मचारी भएका कारण प्रदेशका गतिविधि चुस्त र व्यवस्थित ढङ्गबाट अघि बढाउने सन्दर्भमा तालमेल मिलाउन कठिनाइ भएको हुँदा अनुभवी कर्मचारीको व्यवस्थापन र विज्ञसँगको छलफल र परामर्शलाई आगामी दिनमा घनीभूत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता देखिएको विषय सभामुख र उपसभामुखले राष्ट्रपतिसमक्ष राख्नुभएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले सभामुख र उपसभामुखले उठाउनुभएको विषयवस्तुबारे सरकारलाई जानकारी गराइने बताउँदै सङ्घीयताको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो । नयाँ प्रणाली र नयाँ संरचनाको अभ्यास भएकाले प्रत्येक प्रदेशलाई बलियो र समृद्ध तुल्याउनका लागि भेटघाट र अनुभव साटासाट गर्न राष्ट्रपति भण्डारीले सुझाव दिनुभएको प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले जानकारी दिनुभयो । 

विभिन्न कोणबाट सङ्घीयताप्रति उठाइएको भ्रम चिर्न एवं ऐनकानून निर्माणमा एकरुपता ल्याउन, प्रशासनिक र प्राविधिक पक्षलाई चुस्त तुल्याउन, दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गर्न तथा संसद् सेवालाई फराकिलो बनाउन टड्कारो आवश्यकता देखिएको विषय पनि भेटघाटका क्रममा उठेको थियो । भेटघाटमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुनुहुन्थ्यो ।

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video