समाज
Sep 13, 2018
मासिक ज्यालादारीमा पारिश्रमिक दिन मिटर रिडरको माग
भदौ २८ गते महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, झापा, मोरङ, सुनसरीमा विद्युत् मिटर रिडरको काम गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारीहरुले आफूहरु हेपिएको गुनासो गरेका छन् । ती जिल्लाको बितरण केन्द्र अन्तरगत कार्यरत् लगभग ५०० सय को हराहारी मा मिटर रिडरले ज्यालामा आफूहरु शोषित भएको बताएका हुन् । विद्युत प्राधिकरणले मिटर रिडरलाई प्रतिघर गोटागन्तीका हिसाबले ३ रुपैयाँदेखि ४ रुपैयाँसम्म दिँदै आएको छ । गोटागन्ती हिसाबले पारिश्रमिक पाउँदै आएका मजदुर र प्राबिधिक मजदुरसँग मिलेर ज्यालादारीका रुपमा काम गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका थिए । तर, आफूहरुसँगै आन्दोलनमा रहेका मर्मत प्राबिधिकहरुलाई ज्यालादारीमा राखेपनि मिटर रिडरहरुलाई भने गोटागन्तीकै हिसाबमा राखेको मजदुरहरुको गुनसो छ । उनीहरुले मर्मत प्राबिधिक जस्तै आफूहरुलाई पनि ज्यालादारी सरह नियुक्ति दिनुपर्ने माग राखेका छन् । विद्युत प्राधिकरणमा १५ बर्षयता गोटागन्तीको रुपमा मिटर रिडर गर्दै आएका कर्मचारीहरु छन् । उनीहरुले एकमुष्ट रुपमा प्राविधिक सरह आफूहरुलाई पनि ज्यालादारीमा राख्नु पर्ने बताएका हुन् । पहाडी जिल्लाहरुमा मिटर रिडर ज्यालादारीमा छन् । तर, क्षेत्रीय कार्यालय, बिराटनगर र जनकपुर अन्तरगत रहेका लगभग ५०० सय को हराहरी मा मजदुरले भने ज्यादारी रुपमा काम गर्न नपाएको ८ बर्षदेखि महोत्तरी को जलेश्वर बितरण केन्द्र अन्तरगत मिटर रिडरको काम गर्दै आएका सुनिल पासमान र उजवल झा ले गुनासो गरे का छ्न ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video